May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३, २०८१ १३:४१
संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो

काठमाडौं । प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ । आजको बैठक बिहान ११ बजे बस्ने तय भएको थियो ।

तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।

सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग नेपाली कांग्रेसले राख्दै आएको छ । कांग्रेसको यही अडानका कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन । संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव समेत कांग्रेसको अवरोधका कारण पारित हुन सकेको थिएन ।

राष्ट्रियसभा बैठक पनि सारियो

राष्ट्रियसभाको बैठक पनि सारिएको छ। दिउँसो १ः१५ बजे बस्ने तय भएको बैठक ४ः३० मा बस्नेगरी सारिएको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बताएका छन्।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ उपनियम ९३० बमोजिम राष्ट्रियसभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ। सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्नको लागि संसदीय समितिको माग गर्दै कांग्रेसले मंगलबारको बैठकमा अवरोध गरेको थियो।

त्यही बिषयमा कुरा नमिल्दा प्रनिनिधि सभाको बैठक पनि सारिएको छ। प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरु अहिले सदनको गतिरोध हटाउन छलफलमा जुटेका छन्।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३, २०८१ १३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट