May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

रवि : सदनमा राँगा र भैंसीका गफ गरेर ५ वर्ष बिताउने हो ?

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १४:२0
रवि : सदनमा राँगा र भैंसीका गफ गरेर ५ वर्ष बिताउने हो ?

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा हुने छलफल र बहस अमर्यादित भइरहेको बताएका छन् । आर्थिक वर्ष २०८०-८१ को बजेटमाथिको छलफलमा भाग लिँदै बिहीबार उनले प्रतिनिधिसभा आफ्नो आत्मसम्मान कायम गर्न चुकिरहेको बताएका हुन् ।

‘हामी पार्लियामेन्टको डिग्निटी राख्न चुकिरहेका त छैनौं । जस्ता जस्ता विषयमा छलफल  भयो । हामी नयाँ राजनीतिक दलको हिसाबमा चाहे हाम्रा पक्षबाट आएका हुन् वा अन्य राजनीतिक दलबाट आएका विषय हुन् । हामी कहिँ न कहिँ लज्जित भएका छौं’ लामिछानेले भने ।
सदनमा राँगा र भैंसीका विषयमा गफ गरेर ५ वर्ष बिताउने हो भने गोबरबाहेक केही नपाउने लामिछानेले बताए ।

‘हामी आत्मालोचना गर्न चाहन्छौं । हाम्रा दलबाट भएका कमजोरीमा आम्मालोचना गर्न चाहन्छौं’ उनले भने, ‘हामीले बजेटमा कुराकानी गरिरहँदा राष्ट्रको महत्वपूर्ण मुद्दामा कुराकानी गरिरहँदा आम नागरिकमा राम्रो सन्देश गएको छैन ।’ उनले आफ्नो भागको कमी कमजोरीको जिम्मा लिने भन्दै अगाडि भने, ‘गत केही दिनमा भएका बहस अलिकति अमर्यादित भएकामा क्षमायाचना गर्न चाहन्छु ।’

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १४:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट