May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

जनयुद्ध दिवसको बिदा फिर्ता नलिए त्यसबिरुद्द कदम चाल्ने ओलीको चेतावनी

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १५:१७
जनयुद्ध दिवसको बिदा फिर्ता नलिए त्यसबिरुद्द कदम चाल्ने ओलीको चेतावनी
  • जनयुद्ध दिवसमा दिइने बिदा फिर्ता गर्न माग
  • फिर्ता नलिए एमालेले त्यसका विरुद्ध कदम चाल्ने चेतावनी
  • हिंसा सुरु गरेको दिनलाई उत्सव मनाउन बिदा गरेर स्वीकार्य कुनै हालतमा छैन

काठमाडौं ।।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसमा दिइने बिदा फिर्ता गर्न माग गरेका छन् । प्रतिनिसभाको मंगलबारको बैठकमा बोल्दै उनले आगामी मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय फिर्ता लिनुपर्ने बताए । बिदा फिर्ता नलिए यसले युद्ध नत्यागेको स्पष्ट पार्ने भन्दै उनले अहिलेको संविधान र प्रश्नलाई ट्याकल गर्न खोजेको देखिने बताए । अध्यक्ष ओलीले बिदा दिने निर्णय फिर्ता नलिए एमालेले त्यसका विरुद्ध कदम चाल्ने चेतावनी दिए ।

“मेरो समर्थनमा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । मैले शेरबहादुर देउवासँग कुरा गरेँ, मान्नुभएको छ, उत्सव मनाउँछु, बिदा दिन्छु, म प्रम भएपछि किन नमनाउने भन्नुभयो । मैले सम्भव छैन भनेँ, उहाँले बिदा घोषणा गरेँ भन्नुभयो,” उनले भने, “उहाँले हामीलाई शान्तिको प्रयासलाई हिंसाको जयगानबाट जवाफ दिन्छु भन्नुभयो । हिंसा सुरु गरेको दिनलाई उत्सव मनाउन बिदा गरेर स्वीकार्य कुनै हालतमा छैन । बिदा रद्द नगरे हामीले यसका विरुद्ध कदम चाल्नुपर्ने हुन्छ ।” ओलीले जनयुद्ध कुनै पनि हालतमा उपयुक्त नभएको भन्दै हिंसालाई स्वीकार गर्न नसकिने बताए । उनले अहिलेको सरकारले शान्ति प्रकृयाको काम सक्नुभन्दा पनि उनीहरुलाई रुवाउने, नुनचुक थप्ने काम गरिरहेको धारणा राखे ।

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १५:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।