July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

कैलाश सिरोहिया पक्राउबारे बढ्ता होहल्ला गर्न जरुरी छैन : प्रधानमन्त्री

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ९, २०८१ १३:२९
कैलाश सिरोहिया पक्राउबारे बढ्ता होहल्ला गर्न जरुरी छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे बढ्ता होहल्ला गर्न जरुरी नरहेको प्रतिक्रिया दिएका छन् ।

बुधवार एक कार्यक्रमपछि ‘कैलाश सिरोहिया पक्राउ प्रकरणलाई कसरी हेर्नुभएको छ ?’ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले अदालतले प्रक्रिया अगाडि बढाउने दिएको आदेशबाहेक आफूले अरू कुरा नजान्ने बताए ।

‘अदालतले प्रक्रिया अगाडी बढाउ भनेपछि अदालती प्रक्रिया बुझेको छु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई’, प्रधानमन्त्रीको जवाफ छ ।

उनले सरकारले सिरोहियामाथि रिसइवी साँध्यो भन्ने आरोपको पनि खण्डन गरे । ‘त्यो गलत कुरा हो । उहाँ (कैलाश) सँग केको रिसिइवी ?’ प्रधानमन्त्रीको प्रश्न छ ।

गृहमन्त्री रवि लामिछाने सिरोहियाको सवालमा व्यक्तिगत रूपमै उत्रेको भन्ने भनाइमा पनि सत्यता नभएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘त्यो मान्छेहरूले भन्ने कुरा मात्रै हो । अब उहाँ अदालती प्रक्रियाबाट निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छ । यो हल भइहाल्छ ।’

सिरोहियालाई दोहोरो नागरिकता प्रकरणमा धनुषा जिल्ला अदालतले मङ्गलबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ९, २०८१ १३:२९

प्रतिक्रिया