July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

  पत्रकारलाई गाली गरेर तपाईले कहाँ छुट पाउनु हुन्छ र ?

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १३:५४
  पत्रकारलाई गाली गरेर तपाईले कहाँ छुट पाउनु हुन्छ र ?

नेपाली समाजमा पत्रकार नभई नहुने र भएपनि घाँडो हुने जस्तो पेशा बनेको छ । कमजोर, विपन्न, गरीब र राज्यसँग पहुँच नपुगेकाहरुको लागि पत्रकार मात्रै यस्तो साधन हो जसले उनीहरुको समस्या उठान गरेर समाधानको बाटो पहिल्याउन मद्दत गर्छ ।

तर शासकहरुको लागि यो सधै खड्किने गरेको छ । पत्रकारले जनताको तर्फबाट उनीहरुको आवाज बुलन्द पार्दा उनीहरुको समस्या समाधान गर्न नसकेको आरोप खेप्नु पर्ने हुन्छ जसका कारण मुखमा सञ्चार क्षेत्र लोकतन्त्रको आधार स्तम्भ, पारदर्शिताको महत्वपूर्ण साधन भनेपनि ब्यवहारमा भने उनीहरु आफ्नो पक्षमा मात्रै वकालत गर्ने, आफ्नो राम्रो कुरा मात्रै लेख्ने र आलोचना नगर्ने दलाल पत्रकार खोज्छन ।

नेपालमा लोकतन्त्रको नाम लिएर नथाक्ने राजनीतिक दलका कार्यकर्ताहरु पनि ब्यवहारमा आफ्नो गलत विषयहरुलाई सार्वजनिक गरिदिने पत्रकारहरुलाई राम्रो नजरले हेर्दैनन । हुन त यो नेपाली समाजमा मात्रै होईन, विश्वभरी नै आफ्नो पक्षमा वकालत गर्नेहरुलाई राम्रो भन्ने र आफ्नो गलत कामको भण्डाफोर गर्नेहरुलाई नराम्रो भन्ने संस्कार विद्यमान छन । आफ्नो विषयमा राम्रो लेख्दा राम्रो पत्रकार भन्ने तर आफ्नो गलत कामको भण्डाफोर गर्ने पत्रकारलाई पित पत्रकारिता गर्ने भनेर आरोपित गर्ने गर्दछन ।

आफ्नो हित अनुकुल होउन्जेलसम्म राम्रो भन्ने र आफ्नो हित विपरित हुनासाथ त्यसलाई विभिन्न किसिमका शब्द प्रयोग गरेर लाञ्छित गर्ने काम नयाँ होईन । यो पुरानै मानवीय संस्कार हो । इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी जो नेपालको लोकतन्त्रको पर्याय बनेको दावी गर्ने नेपाली कांग्रेस सुनसरीका सभापतिसमेत हुन । उनी निर्वाचित भएको इनरुवा नगरपालिकाको मेयरको हैसियतमा उनले शनिवार पत्रकार सम्मेलन गरेर पत्रकारहरुलाई गाली गरेको भिडियो सार्वजनिक भयो । उनले आफूले गरेको गलत कामको पर्दाफास गर्दा आफ्नो समर्थन नै रहने तर मागेजति पैसा नदिदा गलत प्रोपागाण्डा फैलाउने कार्य भन्दै पत्रकारहरुलाई लाञ्छित गरे ।

उनीमाथि नागरिक तहबाटै विभिन्न किसिमको आरोपहरु लाग्दै आएको छ । नागरिकले गर्ने गुनासा र उनीमाथि लगाउने आरोपको विषयमा उनी जानकार नहुन सक्छन । तर जनताको बिचमा जाने पत्रकारहरु यो विषयमा भलिभाती जानकार छन । उनीमाथि ‘काम कम कुरा मात्रै गर्ने मेयार’, जे पनि काम हुन्छ भन्ने तर नगर्ने ‘हुन्छ प्रसाद मेयर’, पढे लेखेको विद्धान वकिल भएपनि त्यो बौद्धिकता आफ्नो काममा झल्काउन नसकेको मेयर जस्ता धेरै कुरा जनस्तरमा हुने गरेका छन ।

पछिल्लो समयमा त अघिल्लो मेयर राजन मेहतासँग उनको तुलना गर्दै विद्धानभन्दा त जे भएपनि बरु पुरानै मेयर ठिक भन्ने जस्तो मुल्यांकनसमेत जनताबाट हुन थालेका छन । यो तथ्यलाई मेयरले हेक्का राख्नु पर्छ । गाडिमा चढेर हात हल्लाउँदै हिडेर जनताको तहको यस्तो निर्माण हुँदै गएको धारणाबारे जानकारी नहुन सक्छ । यस्तो स्थितिमा पत्रकारलाई लञ्छित गर्ने काम उनमा देखिएको डरको मानसिकता हो । पत्रकारले सधै सत्ताको प्रतिपक्ष र जनताको पक्षमा काम गर्छ ।

मेयर साप तपाई इनरुवाको सत्तापक्ष भएकोले तपाईका हरेक गतिविधि पत्रकारको नजरमा हुन्छन । जुनकुराहरु सार्वजनिक पनि हुँदै आएका छन । तर तपाईले पत्रकारले पैसा मागेजति नदिदा आफ्नो विरुद्ध लेखे भनेर रोइलो गर्न सुहाउँदैन । तपाई आफै कानून ब्यवसायी र एक लोकतान्त्रिक पार्टीको अगुवा तपाईले अमुर्त रुपमा काइते भाषा प्रयोग गर्न मिल्दैन । तपाई भन्नुस कस्ले मागेजति पैसा नदिएपछि विपक्षमा लेखे भने र । गँहु र घुनलाई एउटै जातोमा हालेर पिस्न मिल्दैन ।

अर्को कुरा तपाई लोकतान्त्रिक दलको अगुवा, लोकतन्त्रको लागि लडेको बारको सदस्य तपाईले सञ्चार क्षेत्रको महत्वलाई बुझेको हुनु पर्छ भन्ने हाम्रो मान्यता हो । यदि तपाई यस्तै बकमफुसे कुरा गर्दै हिड्नु हुन्छ भने तपाई र अरुमा के फरक ? लोकतान्त्रिक बोलीमा होईन, ब्यवहारमा भएर देखाउनुस । आफ्नो कमजोरीमा पत्रकारलाई आरोपित गरेर तपाईको इमान्दारिता पुष्टि हुँदैन । त्यसको लागि तपाईले जनतामा रहेको असन्तुष्टीलाई बुझ्न सक्नु पर्छ । सबैको समयमै चेत खुलोस् ।(साभार वर्णमाला दैनिक )

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १३:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्