July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

नारायणगढ-मुग्लिन सडकमा चारवटा गाडी ठोक्किँदा १ जनाको मृत्यु, २२ घाइते

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १४, २०८१ 0८:१९
नारायणगढ-मुग्लिन सडकमा चारवटा गाडी ठोक्किँदा १ जनाको मृत्यु, २२ घाइते

चितवन । नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ मा आज मध्यराति साढे १२ बजे चारवटा गाडी एक-आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट प्यूठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिन तर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नं.को बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं.को बस एक-आपसमा ठोकिएर दुर्घटना भएको थियो ।

घाइतेहरु मध्ये अन्दाजी १७ वर्षका युवकको उपचारको क्रममा राति २ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ भने १४ जनाको अवस्था मध्यम रहेको छ । १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा उपचार भइरहेको छ भने ४ जनाको चितवन मेडीकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १४, २०८१ 0८:१९

प्रतिक्रिया