February 25, 2024 | आइतवार, फाल्गुन १३, २०८०
सुचनाहरु
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्वित झापामा लागुऔषसहित २ जना पक्राउ क्यानले गर्‍यो भूकम्प पीडितलाई २० लाख सहयोग वडावासीलाई चितवन मेडिकल कलेजको उपचारमा ५० प्रतिशत छुट सरकारी फार्मेसी रित्तो, औषधी किन्न पठाइन्छ निजीमा बढ्दो कोरिया क्रेज श्रम मन्त्रालयको पुनर्संरचना सुरु अमेरिका पुगेका ८ नेपाली स्वदेश फर्काइए अमेरिकामा नायिका रेखा थापाले जन्माइन् छोरी गाँजा र कोदोको रक्सी खुला गर्ने नीति बनाउन सांसद चन्द्र भण्डारीको माग गैरहाजिर भएका १८ जना प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन सुनको मूल्य घट्यो सात महिनामा ८ अर्बको चिया र कफी निर्यात बैंकको ब्याज एकल अंकमा झार्नुपर्छ : राजेन्द्र लिङ्देन नामिबियासँग नेपाल दुई विकेटले हार्‍यो सीतापाइलामा आमा र दुई छाेरीकाे हत्या, श्रीमान् पनि झुन्डिएकाे अवस्थामा मृत भेटिए लघुवित्त र सहकारी पीडितका प्रतिनिधिसँग प्रधानमन्त्रीले- सरकारले पहल गरिरहेकाे छ, समस्या चाँडै समाधान हुन्छ ‘दयारानी’ हिट भएको सार्वजनिक गर्दै दयाहाङले भने, ‘हामी सम्पूर्णप्रति आभार व्यक्त गर्दछौ’

उत्तरी जर्मनीको ह्याम्बर्गस्थित एक चर्चमा गोली चल्यो, कैयौँको मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २६, २०७९ १0:२७
उत्तरी जर्मनीको ह्याम्बर्गस्थित एक चर्चमा गोली चल्यो, कैयौँको मृत्यु

उत्तरी जर्मनीको ह्याम्बर्गस्थित एक चर्चमा भएको बन्दुक आक्रमणमा परी कैयौं मानिसको मृत्यु भएको छ।

‘जहोभस विटनेस’ इसाई अभियानकर्मीहरूको बैठक कक्षमा आक्रमण भएको समाचार संस्था एपीले जनाएको छ।

घटना कुन उद्देश्यले घटाइएको हो भन्नेबारे अझै यकिन हुन नसकेको प्रहरीले बताएको छ।

प्रहरी प्रवक्ता होल्गर भेरेनले गोली चलाउने व्यक्ति पनि त्यहीँ भवनमा रहेको र मृतकमध्ये एक हुनसक्ने बताए।

भवनको माथिल्लो तलामा गोली चलेको आवाज सुनेको प्रवक्ता भेरेनले जानकारी दिए। स्थानीय समय अनुसार बिहिबार राती करिब ९ः१५ बजे घटना भएलगत्तै प्रहरीलाई खबर आएको थियो। प्रहरी प्रवक्ताका अनुसार घटनामा संलग्न व्यक्ति भाग्न पाएका थिएनन्।

घटनामा घाइते भएकाहरूलाई अस्पताल लगिए पनि घाइतेको सङ्ख्या र उनीहरूको अवस्थाबारे विवरण सार्वजनिक भएको छैन।

प्रहरीले स्थानीय क्षेत्रमा मानिसहरूलाई प्रहरी कारबाही नसकिएसम्म घरबाट बाहिर ननिस्किन भनेको छ।

ह्याम्बर्गका आन्तरिक मामिला मन्त्री एन्डी ग्रोटले ट्विट गर्दै प्रहरीको विशेष फौज र ठूलो सङ्ख्यामा अधिकारीहरू घटनास्थलमा परिचालन गरिएको बताए।

प्रहरीले सर्वसाधारणलाई घटनाको अनुमानबारे सार्वजनिक अभिव्यक्ति नदिन र हल्ला नफैलाउन अपिल गरेको छ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २६, २०७९ १0:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।