September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मोफसलमा सञ्चारगृह अबसर र चुनौती

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १५, २०८१ १३:४४
मोफसलमा  सञ्चारगृह अबसर र चुनौती

वेणुप्रसाद अधिकारी 

गौरादह/झापा : पत्रकारिताले आफ्नो क्षेत्र विकास र विस्तार गर्ने क्रमसँगै देशभरका सञ्चारगृह हरुपनि विकास र विस्तार भएका छन्।
पछिल्लो तथ्यांक अनुसार केही सञ्चारगृह जुन गतिमा स्थापित भए , ठीक बिपरित सोहि गतिमा बिस्थापित हुनपुगेको पनि देखिएको छ ।
राजधानी लाई छोडेर मोफसललाई हेर्दा यसको अवस्था अझ बिकराल बन्दैगएको पाउन सकिन्छ । सञ्चारगृहको अवस्थालाइ मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ झापा साखाले २०८१ मा प्रकाशित गोपाल गिरि र राजाबाबु शंकर द्वारा सम्पादित पुस्तक ” झापाको पत्रकारिता आरम्भदेखि २०४० “मा उल्लेख भए अनुसार जिप्रका झापाको दर्ता अभिलेखीकरणमा संलग्न भएका ५ दर्जन बढी साप्ताहिक पत्रीका आजसम्म आइपुग्दा २ दर्जनमात्र सञ्चालनमा रहेको पाइन्छ।
यसैगरी २१ वटा दैनिक पत्रिका दर्ता भएकोमा हाल ४ वटा मात्र सञ्चालनमा रहेकाछन्। यो तथ्याङ्क हेर्दा झापाका दैनिक पत्रिकाको अवस्था झनै धाराशायी नै देखिन्छ।

कुल १५ वटा पालिका रहेको झापाको गौरादह नगरपालिकाको सञ्चारको अवस्थालाइ हेर्दा केही वर्ष अघि गौरादहमा पत्रिका प्रकाशन गर्ने होडबाजी नै चल्ने गरेको पाइन्थ्यो तर तिनिहरुलाई टिकाउन प्रकाशक हरुलाइ हम्मेहम्मे नै पर्ने गर्दथ्यो ।
सानो ठाउँ त्यसमा पनि दुर्गम भेग गौरादहमा पत्रिका प्रकाशन र सञ्चालनमा एक ताका होडबाजी नै चल्यो।

 जिल्ला प्रसाशन कार्यालयको अभिलेखलाई आधार मान्दा गौरादह भित्रबाट मात्र ५ वटा साप्ताहिक र साविक महारानिझोडा बाट २ र बैगुन्धुराबाट १ गरी जम्मा  ८ वटा साप्ताहिक पत्रिकाहरू जिप्रकाको दर्ता अभिलेखमा संलग्न रहेको पाइन्छ ।

यसैगरी अभिलेखीकरण भएका १ वटा एफ एम रेडियो र २ वटा अनलाइन दर्ता कायम रहेको देखिन्छन् ।

यसरी दर्ता कायम भएका सप्ताहिकहरुमा २०३९ मा गञ्ज बहादुर दाहाल प्रकाशक /सम्पादक भएको जनज्योति साप्ताहिक , झलेन्द्र सुवेदी (दीपक)प्रकाशक/सम्पादक भएको गाउँका खवर साप्ताहिक , २०६७ मा वेणुप्रसाद अधिकारी प्रकाशक/सम्पादक भएको कसार साप्ताहिक ,२०६७ मा प्रकाशक उपेन्द्र प्रसाई र सम्पादक कृष्णप्रसाद बाँस्कोटा भएको पूर्वेली दर्पण साप्ताहिक , २०६७ मा गीता घिमिरे प्रकाशक/सम्पादक भएको जनता राज साप्ताहिक,२०६८ मा सम्पादक डण्डिराज घिमिरे र गौरावाणी समुह प्रकाशक भएको झापावाणी साप्ताहिक,२०६९ मा देशभित्र साप्ताहिक र २०७२ मा समरुप साप्ताहिकको डण्डिराज घिमिरे नै प्रकाशक/सम्पादक भएको पत्रिका गौरादहबाट नै प्रकाशित भएका थिए।

 समयको कालखण्डसंगै आर्थिक र बजारिकरण अभावका कारण अहिले अन्य सबैको प्रकाशन बन्दभई जनज्योति साप्ताहिक, दमकबाट र कसार साप्ताहिक गौरादहबाट नियमित प्रकाशन भईरहेकाछन्। यी पनि पछिल्लो समय बजार अभाव र विज्ञापनको स्रोत नहुँदा धारासायी बन्ने अवस्थामा पुगेकाछन्।

  अनलाइन तर्फ समरुप नेटवर्क प्रालिको सम्पादनमा अनलाइन विचार डटकम र पर्दाफास मीडिया नेटवर्क प्रालिको प्रकाशनमा पर्दाफास डटकम सञ्चालनमा छन्।

 अब पनि स्थानिय तहले सञ्चार गृह र पत्रकारको लागि समानुपातिक विज्ञापन वितरणको व्यवस्था नगरे स्थानिय तहमा नियमित सञ्चालन र प्रकाशित भएका सञ्चार गृहले आर्थिक अभावका कारण आफ्नो प्रकाशन नै बन्द गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

 आम नागरिकको सूचनाको हकको सुरक्षा र संरक्षण गर्दै संचालित यी सञ्चार गृहप्रती स्थानिय तहले चासो देखाउन जरुरी छ। यिनको संरक्षण र सम्बर्द्धन गर्न सरोकार निकाय पछि पर्न हुन्न ।

स्थानिय तहबाट प्रकाशन गरिने जनहित र लोककल्याणकारी सूचनाको समानुपातिक वितरणको व्यवस्था मिलाए सञ्चार गृहले जीवन पाउनेछन् र पालिकाको सम्पतिको संरक्षण हुने कुरामा सबै आशावादी देखिन्छन्।

 स्थानिय तहले समय समयमा पत्रकारको पेसागत सीप विकासका लागि तालिम,वृत्ति विकास गर्ने खालका योजनाहरू कार्यक्रम तयार पारी सञ्चालन गर्नु पर्दछ।यसले समग्र नगरको सूचना तथा सञ्चार क्षेत्रको विकासमा टेवा पुग्नुका साथै नगरको समृद्धि गर्न टेवा पुर्याउँदछ। यिनको संरक्षण तथा सम्बर्द्धन गर्नु नगरको उत्तरदायित्व पनि हुनजान्छ ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १५, २०८१ १३:४४

प्रतिक्रिया