March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
मिटरव्याज पिडीतमा विपन्न महिलाको ऋण मिनाह गर्ने मन्त्री चौधरीको भनाई पधेरीमा नुहाउन जादा हत्या भएकी युवतीको हत्या आरोपीत सार्वजनिक निर्माण व्यवसायीले सम्झौताअनुरूप गुणस्तरको काम नगरेको प्रधानमन्त्रीको भनाई बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने कपनबाट चक्कु र पेस्तोलसहित एक जना पक्राउ पशुपति क्षेत्रमा सवारी साधन चलाउन र शव गाड्न निशेद गर्न सर्वाेच्चको आदेश उपचुनाव लड्न रास्वपा छिरेका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त नेपाल एले टस जितेर फिल्डिङ गर्दै फेरी राप्रपासँग एकताको गल्ती नगर्ने कमल थापाको भनाई एसइइ चलिरहेको समयमा पटकपटक अनुगमनमा नजान राष्ट्रिय परिक्षा बोर्डको निर्देशन कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन घोषणा भएका पुरस्कार खेलाडीले छिट्टै पाउँछन् : खेलकुदमन्त्री श्रेष्ठ दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु दोहा उडेको जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काइयो गाजामा अवरोधविना राहत र चिकित्सा सामग्री लैजान दिन इजरायललाई आईसीजेको आदेश आईपीयूमा भाग लिएर सभामुख नेतृत्वको टोली स्वदेश फिर्ता निजी विद्यालयलाई नाम नेपालीकरण गर्न महानगरपालिकाको अल्टिमेटम भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ओली प्रतिष्ठानले डा. रुइतलाई ५ लाख नगदसहित सम्मान गर्ने ६ अर्ब बक्यौता तत्काल तिर्न स्थानीय तहलाई प्राधिकरणको ध्यानाकर्षण

बड्डीज्यावनमा चार महिनादेखि खानेपानी समस्या

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १0:३७
बड्डीज्यावनमा चार महिनादेखि खानेपानी समस्या

रासस
बझाङ । बझाङको बुङ्गल नगरपालिका–६ स्थित बड्डीज्यावनवासीले चार महिनादेखि खानेपानी समस्या भोग्दै आएका छन् ।

‘सोलार लिफ्टिङ’ प्रविधिबाट निर्माण गरिएको खानेपानी आयोजनाको सौर्य ऊर्जामा समस्या आएपछि गत माघदेखि गाउँमा खानेपानी समस्या भएको हो । सौर्य ऊर्जा बिग्रिएर धारामा पानि आउन बन्द भएपछि स्थानीय आउँदाजाँदा एक घन्टा पैदल हिँडेर वेउर भन्ने ठाउँको पानी बोकेर पिउन बाध्य भएका छन् ।

घाम लागेकै दिनमात्र धारामा पानी आउने र धेरैजसो बिग्रिरहने समस्याले हैरान भएको स्थानीयवासीले जनाएका छन् । सोलार लिफ्टिङ प्रविधिबारे ज्ञान नहुँदा सामान्य बिग्रिए पनि आफूहरूले खानेपानीबाट बञ्चित हुनुपरेको स्थानीय हर्कबहादुर बोहराले बताउनुभयो ।

बड्डीज्यावनकी स्थानीय कलसी धामीले भन्नुभयो, “पाँच–छ परिवारका लागि एउटा धारा निर्माण गरिएको छ तर गाउँमा सबै धारा रित्ता छन्, पानी आउँदैन । पानीको निकै अभाव छ । गाउँका २५ घरधुरीले चार महिनादेखि खानेपानीको अभाव झेल्नुपरेको छ । सरसफाइको कुरै छाडौँ खानेपानी पनि बोकेर ल्याउनुपर्ने बाध्यता छ ।”

खानेपानीको अभाव भएदेखि विद्यालयमा विद्यार्थीको उपस्थिति पनि न्यून हुने गरेको महादेव आधारभूत विद्यालयका प्रधानाध्यापक मानबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “स्कुले केटाकेटी पानी ल्याउन जान्छन् । पानी बोक्दाबोक्दै स्कुलको घन्टी बज्छ । घण्टी लागेपछि विद्यार्थी स्कुल आउँदैनन् ।” बड्डीज्यावन सोलार लिफ्टिङ खानेपानी योजना विसं २०७७ मा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा सम्पन्न भएको थियो । तीन किलोवाट क्षमताको सौर्य ऊर्जाबाट एक हजार पाँच सय मिटर तलको खोलाबाट लिफ्टिङ गरी गाउँमा खानेपानी पु¥याइएको थियो ।

लिफ्टिङ खानेपानी बिग्रिँदा पनि परियोजनाले नै मर्मतका लागि सहयोग गर्ने गरेको थियो । तर गत असारबाटै जिल्लामा परियोजनाको कार्यावधि सकिएर अब आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै काम गर्न छाडेपछि समस्या भएको स्थानीयले बताएका छन् । बड्डीज्यावन सोलार लिफ्टिङ खानेपानी परियोजनाका अध्यक्ष कल्यान धामीले जिल्लाभित्र लिफ्ट प्रविधिसम्बन्धी ज्ञान भएको दक्ष प्राविधिक नभएपछि दक्ष प्राविधिक काठमाडौँबाट ल्याउनुपर्ने र आफूहरूसँग आर्थिक स्रोत नभएका कारण काठमाडाँैबाट प्राविधिक ल्याउन नसकिएको बताउनुभयो ।

यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराएको भए पनि चार महिनासम्म कुनै निकायले पनि चासो नदेखाएको स्थानीयको गुनासो छ । सोलार लिफ्टिङबाट सञ्चालन भएको उक्त खानेपानीको सौर्य ऊर्जामा यसअघि गत असारमा पनि चट्याङले क्षति पु¥याएपछि बन्द भएको थियो । पछि खानेपानी कार्यालय बझाङको सहयोगमा मर्मत भएको थियो । यस बुङ्गल नगरपालिकाका प्रमुख जयबहादुर धामीले खानेपानी परियोजना मर्मतका लागि पहल भइरहेको जानकारी दिनुभयो छ । उहाँले त्यहाँका स्थानीयलाई खानेपानीको समस्याबाट मुक्त गर्न आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।

पानी ल्याउनुपर्ने ठाउँमा मन्दिर हुँदा महिनावारी भएका महिलालाई समस्या भएको छ । पानी ल्याउने ठाउँ नजिकै वेउर देवताको मन्दिर भएकाले महिनावारी भएको बेला महिलालाई पानी ल्याउन समस्या हुने गरेको स्थानीय नन्ता बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “देवताको मन्दिर परिसरभित्रबाट पानी ल्याउनुपर्ने भएकाले महिनावारी भएका बेला हामीले जान हुँदैन । कहिलेकाहीँ पानी बोक्दाबोक्दै छोराछोरीको स्कुल पनि छुट्छ । गाउँमा पुरुष जति कमाइका लागि घर बाहिर जाने भएकाले अधिकांश घरपरिवारमा महिलामात्रै हुन्छन् ।” महिनावारी भएको बेला पानी ल्याउन गएमा देवता रिसाउने डरले पानी नभरेर नै फर्कने गरेको उहाँको भनाइ छ । नगरपालिकाले सौर्य प्रविधि मर्मतको प्रयास गरेको भए पनि जिल्लामा दक्ष प्राविधिक नहुँदा समस्या भएको जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट