March 27, 2025 | बिहिबार, चैत्र १३, २०८१
सुचनाहरु
मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्’ भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु धुलिखेलका अधिकांश पसलमा भेटीयो म्याद गुज्रिएका सामान, तिराइयो यस्तो जरिवाना नेपाल प्रतिको विदेशी मोह: अमेरिकन नागरिक लोरेटाले पोखराको सराङकोटमा विसर्जन गरिन् श्रीमानको अस्तु बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर  ५ घन्टापछी नियन्त्रणमा आयो सेन्टरल प्लाजामा लागेको आगो यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले मेयर बालेनलाई कारबाही गरेर कठघरामा उभ्याउन युवा संघले गर्यो माग श्रीमतीलाई मारेपछी आफु पनि घाटी रेटेर आत्महत्या गर्न खोजेका लालबहादुर बाँचे ‘मलाई सरकारले न्याय गर्यो, लोडसेडिङ हुँदैन’ भन्दै हितेन्द्रदेवले दिए प्रतीक्रिया कुमानलाई हटाएपछी सरकारमाथी खनिए नेतादेखी कलाकारसम “एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु” भन्दै बालेनले दिए कडा चेतावनी अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा

बुद्ध र सगरमाथा चिनाउन कलाचित्र प्रदर्शनी

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० 0८:५१
बुद्ध र सगरमाथा चिनाउन कलाचित्र प्रदर्शनी

झापा । उपयोगी कलामार्फत गौतम बुद्ध र सगरमाथालाई चिनाउने उद्देश्यले झापाका कलाकर्मी केसाङ लामाले बिहिबार ‘यो हो बुद्धको देश नेपाल’ लेखिएको एक सय २० फिट लामो उपयोगी कलाचित्र प्रदर्शन गर्नुभएको छ ।

उहाँले आठ हजार आठ सय ४८ वर्ग इन्चको बुद्धको चित्रसमेत सोही अवसरमा अनावरण गर्नुभएको छ । आदर्श मावि इँटाभट्टाको प्राङ्गणमा भएको सो प्रदर्शनीमा जातजातिको मौलिक पहिरन लगाएका एक सय ५६ जनाले ‘यो हो बुद्धको देश नेपाल’ बोलको गीतमा सामूहिक नृत्य गरेका थिए ।छ

नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा पहिचान दिलाउने बुद्ध र सगरमाथालाई उपयोगी कलामार्फत विश्वभर प्रचार गर्न प्रदर्शनीको आयोजना गरिएको कार्यक्रमका संयोजक एवं कलाकर्मी लामाले बताउनुभयो ।

उहाँले शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमा जन्मेको विषयमा विश्वमञ्चमा प्रचार अझै आवश्यक रहेको जनाउँदै सगरमाथाको उचाइलाई मदिराको नाममा प्रयोग गरिएकामा आपत्ति प्रकट गर्नुभयो । मदिराको नाम ८,८४८ राखिएकामा साङ्केतिक विरोध जनाउँदै आठ हजार आठ सय ४८ वर्ग इञ्चको बुद्ध चित्र प्रदर्शन गरिएको उहाँको भनाइ थियो ।

उपयोगी चित्रकला विधाअन्तर्गत कोरिएको एक सय २० फिट लामो चित्र बोकेर मेचीनगरका सयौँ विद्यार्थी र कलाप्रेमीको र्यालीले स्थानीय बजार परिक्रमा गरेको थियो । मेचीनगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख हृदय राजवंशीले नेपाललाई विश्वव्यापीरूपमा चिनाउन कलाकार लामाले गरेको प्रयास प्रशंसायोग्य भएको बताउनुभयो ।

कलाकर्मी लामाले प्रदर्शनीमा राखिएको बुद्ध चित्र र उपयोगी कलालाई बुद्ध जन्मस्थल लुम्बिनीमा पुर्याएर प्रदर्शनी गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० 0८:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट