May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशी टी–१० मा सन्तोषले लगाए एकै ओभरमा ६ छक्का

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २०, २०८१ १५:२४
कोशी टी–१० मा सन्तोषले लगाए एकै ओभरमा ६ छक्का

काठमाडौँ । विराटनगरमा भइरहेको प्रथम कोशी प्रदेश दिवारात्रि टी–१० क्रिकेट प्रतियोगिता शनिवार पुनः सुचारु भएको छ । आयोजकले विवादास्पद ‘वान एक्स ब्याट’को विज्ञापनसहित विदेशी खेलाडीलाई हटाएपछि खेल सुरु भएको हो ।

आयोजकले विवादस्पद विज्ञापन मैदानमा राखेको र हरेक टिममा चार विदेशी खेलाडी राखेर म्याच खेलाएको भन्दै नेपाल क्रिकेट संघ ९क्यान०ले आफूसँग अनुबन्धित खेलाडीलाई फिर्ता बोलाउनुका साथै अम्पायर, स्कोरर क्रिकेट एसोसिएसन (कुसान) ले पनि अम्पायरलाई म्याच नखेलाउन उर्दी गरेपछि बिहीवार प्रतियोगिता रोकिएको थियो । क्यानको निर्देशनअनुसार मैदानबाट विज्ञापनसहित विदेशी खेलाडीलाई हरेक टिमवाट हटाएपछि क्यानले खेलाडी र कुसानले अम्पायरलाई फुकुवा गरेपछि प्रतियोगिता सुचारु भएको थियो ।

सन्तोषको एकै ओभरमा ६ छक्का

शनिबार एलिट क्लबविरुद्ध एनबीएससी लायन्सबाट मैदान उत्रिएका आर्मीका खेलाडी सन्तोष कार्कीले एक ओभरमै ६ छक्का प्रहार गरेका छन । उनले सलन कामतको बलिङमा ६ बलमा ६ छक्का प्रहार गरे । १२ बलमा ५४ रन वनाएका सन्तोषले १९ बलमा ७८ रन बनाएर आउट भए । त्यसमा १० छक्का र दुई चौका सामेल छ । उनीप्रेरित एनबीएससीले एलिट क्लबलाई १ सय ३३ रनले हराएर तालिकाको शीर्षस्थानमा उक्लेको छ ।दोस्रो खेलमा खेलमा विराटनगर प्यान्थर्सले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ९३ रनले हरायो । जितसँगै टोलीले ७ अंक बनाएर दोस्रो स्थानमा पुगेको छ ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २०, २०८१ १५:२४

प्रतिक्रिया

नेपाल अपडेट