May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै

बिनोद राईलाई भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि

  • साझा परिवेश
  • शनिबार, पुस २८, २०८० 0७:३८
बिनोद राईलाई भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जिते ।

बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।

उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेका हुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् ।हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषाल लगायतका अतिथिले विजेतालाई पुरस्कार प्रदान गरे ।तीन हजार दर्शक अटाउने गोदावरीको खचाखच सनराइज हलमा तीन घण्टा लामो ग्राण्ड फिनाले चलेको थियो । फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिए ।

भ्वाइसको पाँचौ सिजनका अन्तिम १२ का प्रतिस्पर्धीसहित हिमालय लोकस्टारका जजले पनि सांगीतिक प्रस्तुति दिए ।

कोच र फाइनलिस्टले प्रस्तुति दिँदा फिनालेको माहोल रोमाञ्चक बनेको थियो ।चर्चित लोक तथा दोहोरी गायक राजु परियार र बद्री पँगेनीले पनि प्रस्तुति दिए । भ्वाइसको पहिलो सिजनका विजेता सीडी विजय अधिकारीले आफ्नो हिट गीत ‘दूरी मजबूरी’ गाएर दर्शकलाई जुरुक जुरुक पारे ।

  • साझा परिवेश
  • शनिबार, पुस २८, २०८० 0७:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।