काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा.मुकुल ढकालले आफूलाई पार्टी उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट पटक पटक धम्की आएको आरोप बताएका छन् । रास्वपाबाट कारबाहीमा परेपछि ढकालले नेतृत्वको भण्डाफोर गर्दै आएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन् – ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनु’लगायत अनेक भनेकाले हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’