April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

फिफा विश्वकप छनोट : दोस्रो खेलमा नेपाल बहराइनसँग ३ गोलले पराजित

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० 0७:२१
फिफा विश्वकप छनोट :  दोस्रो खेलमा नेपाल बहराइनसँग ३ गोलले पराजित

काठमाण्डौ – फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा नेपाल बहराइनसँगको दोस्रो खेलमा पनि पराजित भएको छ । बहराइनको राष्ट्रिय रङ्गशालामा गएराति भएको दोस्रो खेलमा नेपाल ३–० ले पराजित भएको हो । बहराइनले खेलमा सबै गोल पहिलो हाफमा गर्यो । बहराइनले खेलको सातौं मिनेटमा शुरुवाती गोल गर्न सफल भयो ।

डिफेन्डर सायद बाकेरले गोल गरेका थिए । बहराइनका लागि १७ औँ मिनेटमा अब्दुल्लाह युसुफले पेनाल्टीमा गोल गरेर अग्रता दोब्बर बनाए । कोमाइल इलसवादले ३६औं मिनेटमा बहराइनका लागि तेस्रो गोल गरे । पहिलो खेलमा ५–० को हार बेहोरेको नेपालले दोस्रो खेलमा टोलीमा ४ परिवर्तन गरेको थियो । तर नेपालको प्रदर्शन राम्रो हुन सकेन ।

नेपाल ४ खेलमा अङ्कबिहीन रहँदै समूहको पुछारमा छ । नेपालले यसअघि यूएईसँग ४–०, यमनसँग २–० र बहराइनँंग ५–० को हार बेहोरेको थियो । यूएई १२ अङ्कसहित समूहको शीर्ष स्थानमा छ । यस्तै ९ अङ्क सहित बहराइन दोस्रो र यमन ३ अङ्क सहित तेस्रो छन् ।

नेपालले दोस्रो चरणमा बाँकी रहेका दुई खेल आउने जुनमा खेल्नेछ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० 0७:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।