May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि छुरा प्रहार

  • साझा परिवेश
  • शुक्रबार, माघ १९, २०८० १५:१६
ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि छुरा प्रहार

सर्लाही — सर्लाहीको नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका-१ नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि छुरा प्रहार भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १९ प २५५५ नम्बरको मोटरसाइकलमा आएका रौतहट, राजपुर-१ का यमामुद्दीन देमाानले चेकिङका क्रममा विवाद भएपछि ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानलाई छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छुरा प्रहार गरी भाग्न खोजेका देमानलाई तत्काल पक्राउ गरी इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको प्रहरी प्रवक्ता ओमप्रकाश यादवले जानकारी दिए । नेसनल मेडिकल कलेज वीरगन्जमा घाइते ट्राफिक प्रहरी जवान महतोको उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

  • साझा परिवेश
  • शुक्रबार, माघ १९, २०८० १५:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।