November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने

  • साझा परिवेश
  • शुक्रबार, साउन ११, २०८१ १२:५६
विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने

काठमाडौँ । गत बुधवार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शव आज आफन्तलाई बुझाइने भएको छ। सबै शवको पोस्टमार्टम गरिसकिएकोले सबै रिर्पोट आएपछि आजै परिवारलाई हस्तान्तरण गरिने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्राडा दिनेश काफ्लेले जानकारी गराएका हुन् ।

केही शवको भने डीएनए परीक्षण गर्नुपर्ने अवस्थाका भएकोले ति शवलाई के गर्ने भन्ने बारेमा छलफल भइरहेको छ । डीएनए परीक्षण गरेर शवलाई हस्तान्तरण गरे झण्डै २ हप्ता लाग्ने छ ।

यद्यपि मृतकका आफन्तले भने क्षतिपूर्तिको टुङ्गो नलागेसम्म शव नबुझ्ने बताएका छन्। बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै दुर्घटना भएको थियो।

जसमा १८ जनाको मृत्यु भएको थियो। घाइते अवस्थामा उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार जारी छ।

  • साझा परिवेश
  • शुक्रबार, साउन ११, २०८१ १२:५६

प्रतिक्रिया