sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने

  • साझा परिवेश
  • शनिबार, साउन १२, २०८१ १२:२९
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने

काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन गंगबुँ आत्मज्ञान स्थित कुक्कु रेष्टुरेष्ट एण्ड ईभेण्टमा हुने भएको छ । यस सौन्दर्य प्रतियोगिताको लागि श्रावण १९ गते शनिवार विहान १० बजेदेखी ३ः३० बजेको समयसम्म अडिसन हुन लागेको हो । नेपाल टेलिभिजनबाट बाल कार्यक्रम देखी हास्य टेलिश्रीङ्खला हुँदै मेगा इभेन्ट मानिने टेलिभिजन रियालिटी शो आयोजना साथै सहकार्यमा विविध इभेन्ट कार्यक्रम प्रस्तुत गर्दै आएको ग्लोरी मिडियाले बाल दिवस २०८१ को अवसर पारेर कार्यक्रम आयोजना गर्न लागेको हो । ७ देखी १८ बर्षसम्मका बालबालिकाहरुले कार्यक्रममा भाग लिन पाउने मिडियाले जनाएको छ ।  जसमा ७ बर्षदेखी १२ बर्ष उमेर समुहका बालबालिकाले किड्स ट्यालेण्ट र १३ देखी १८ बर्ष उमेरका बालबालिकाहरुले टिन ट्यालेण्टमा भाग लिन पाउनेछन । प्रतियोगीले १८ घण्टा बराबर करिब २० दिन अवधिको कोरियोग्राफीसहित व्यक्तित्व विकास, आत्मविश्वास, मोडलिङ, क्यामेरा फेस तथा टेलिभिजन कार्यक्रम संचालन लगायतका बिषयमा प्रशिक्षण प्राप्त गर्नेछन । 

प्रतियोगिता अन्तर्गत प्रथम अडिसन पस्चात १८ घण्टाको लागि प्रशिक्षण शुरु हुनेछ भने भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसरमाझ ग्राण्ड फिनाले कार्यक्रम आयोजना गरिने ग्लोरी मिडियाका अध्यक्ष एवम प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिएका छन । कार्यक्रममा अन्तरराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य मुख्य कोरियोग्राफर रहने पनि उनले बताए ।  

‘यो सौन्दर्य प्रतियोगिता मात्रै नभई बृहद र बाल सहभागितामुलक टेलिभिजन कार्यक्रम निर्माणको तयारी पनि हो । त्यसैले यो प्रतियोगिता अन्य प्याजेन्ट शो भन्दा भिन्न हुनेछ र हामी बालबालिकामैत्री शोको अवधारणालाई अगाडि बढाउने प्रयत्न यसै प्रतियोगिता मार्फत गर्दैछौँ’ ओझाले कार्यक्रम आयोजनाको उदेश्य माथि प्रकाश पार्दै भने ।  

ग्लोरीले कार्यक्रमका लागि वर्ल्ड टच टुर्स एण्ड ट्राभल्स, ल्होत्से थकाली, श्रीराज टेलर्स, ग्लोबल अनलाईन पे, एभेन्टोज नेपाल, मोडल सङस नेपाल, राज्य मिडिया नेटवर्क लगायतका संस्था तथा कम्पनीहरुसँग सहकार्य गरेको छ भने सहकार्य साझेदारहरु थप गरिदै लगिने पनि जनाएको छ । प्रतियोगितासँग केही ठुला कम्पनीहरु, बालबालिकाको अधिकारको क्षेत्रमा कृयाशिल संघ संस्था, शिक्षालय तथा सो सम्बद्ध छाता संस्था,अभिभावक सम्बद्ध संस्था आदी समेत प्रायोजक र साझेदारका रुपमा जोडिन सक्ने बाटो खुला रहेको ओझाले बताए ।    

प्रतियोगिताका उपाधी विजेतालाई नगद २५ हजार, फर्स्ट रनर अपलाई १५ हजार र सेकेण्ड रनर अपलाई १० हजार नगदसहित पोखरा जाने आउने टुरिष्ट बसको टिकट उपलब्ध गराइनुका साथै अन्य गिफट ह्याम्पर प्रदान गरिने छ । त्यसो त कार्यक्रमका विजेताहरुले ग्लोरी मिडियाले एनटिभि न्युजमा बुधबार राती ९ः१५ मा प्रस्तुत गर्दै आएको पाक्षिक कार्यक्रम सचेतनामा बालबालिका बिशेष ईपिसोड संचालन गर्न पाउनेछन । 

बाल दिवसको अवसर पारेर ग्लोरी मिडियाको आयोजनामा हुन लागेको ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसले बालबालिकाहरुको अधिकारलाई समेत मुखरित गर्नेमा आफु विश्वस्त रहेको साझेदार कम्पनी राज्य मिडिया नेटवर्कका सिईओ डेभिल सिँह राजपुतले बताए ।            

टेलिभिजन कार्यक्रमतर्फ बाल कार्यक्रम बाल आवाज, हास्य टेलिश्रीङ्खला कुरा मात्र भो, कुकिङ रियालिटी शो कलेज सेफ आईकन, शान्ती तथा परिवार बिशेष कार्यक्रम आदर्श परिवार हुँदै हाल पनि एनटिभी न्युजमा कार्यक्रम सचेतना प्रस्तुत गर्दै आएको ग्लोरीले इभेन्टतर्फ फेस अफ नेशन, द मम्, सुपर प्लस साईज मोडल, नेक्स्ट सुपर मोडल लगायतका सफल इभेन्टहरुमा साझेदार रहि कार्य गरेको छ ।

 

  • साझा परिवेश
  • शनिबार, साउन १२, २०८१ १२:२९

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid