भारतको झारखण्डको सरायकेला–खरसावन जिल्लामा मंगलबार बिहान भएको रेल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच व्यक्ति घाइते भएका छन्।
बीबीसी हिन्दीका अनुसार मुम्बई–हावडा मेल बडाबम्बुनजिकै बिहान ४:४५ बजे दुर्घटना भएको हो।
यो ठाउँ जमशेदपुरबाट ८० किलोमिटर टाढा छ र दक्षिण पूर्वी रेलवेको चक्रधरपुर डिभिजनअन्तर्गत पर्छ।
एक वरिष्ठ रेल अधिकारीले दुर्घटनामा २ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। घाइतेमध्ये एकको अवस्था चिन्ताजनक छ।
हावडा-मुम्बई मेल एक्सप्रेसको कोच लिकबाट उछिट्टिएर छेउमा रहेको मालगाडीसँग ठोक्किएको हो।
लिकबाट डिब्बा उछिट्टिने रेलको नाम हावडा-सीएसएमटी एक्सप्रेस हो। जसको नम्बर १२८१० हो।