July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सात नयाँ अनुहार समेट्दै नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १६:३७
सात नयाँ अनुहार समेट्दै नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ ।  प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा भएको छ।

पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार आफ्नो टिम घोषणा गरेका छन्। टिममा सात खेलाडीले पहिलो पटक स्थान बनाएका छन्।

पहिलो पटक टिममा स्थान बनाउने खेलाडीमा गोलकिपर अभिषेक बराल, डिपेन्डरद्वय सनिष श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डद्वय नवीन लामा र मणिकुमार लामा तथा फरवार्डद्वय सुमित श्रेष्ठ र दीपकसिंह ठकुरीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्।

नेपाली राष्ट्रिय टिमका दर्जन बढी खेलाडी अस्ट्रेलिया पलायन भएपछि एकैपटक सात जना नयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका हुन्।

प्रशिक्षकले छिटो अवधिमा टिममा निर्माण गरेको भन्दै फिट र उत्कृष्ट खेलाडीलाई स्थान दिएको बताए। उनले नेपालले उत्कृष्ट खेल्ने विश्वास व्यक्त गरे।

यस्तै नेपालका कप्तान किरणकुमार लिम्बूले नेपाली टिममा नयाँ खेलाडी र प्रशिक्षक भए पनि नयाँ चुनौतीको सामना गर्न तयार रहेको बताए। साथै उनले नेपालले  प्रतियोगिता जित्ने उद्देश्यका साथ मैदान उत्रने बताए।

दशरथ रंगशालामा बुधबारदेखि सुरु हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसको सहभागिता रहेको छ। फिफा वरियतामा नेपाल १७५, भुटान १८५ र लाओस १८७ स्थानमा छन्।

नेपालले दुवै टिमसँग अहिलेसम्म पराजय भोग्न परेको छैन। फिफा वरियतामा नेपाल अघि रहे पनि दुवै टिमलाई सम्मान गर्ने नेपालका प्रशिक्षक र कप्तानको भनाइ छ। यस्तै उनीहरुले फिफा वरियताको आधारमा खेलको नतिजा निर्धारण नहुने पनि बताए।

गत डिसेम्बरमा लाओसले बलियो मानिएको म्यानमारसँग २-२ गोलको बराबरी खेलेको थियो। त्यसयता लाओसले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।

भुटानले भने तीन वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। सन् २०१९ यता भुटानले अन्तर्राष्ट्रिय खेल खेलेको छैन।

नेपालले उद्घाटन खेलमा भोलि साँझ ६ बजे लाओससँग खेल्नेछ। यस्तै नेपालले चैत १४ मा भुटानसँग खेल्नेछ। त्यसअघि माघ ११ मा लाओस र भुटानबीच खेल हुनेछ।

समूह चरणका सबै खेल साँझ ६ बजे सुरु हुनेछन्। फाइनल चैत १७ मा साँझ ५:३० बजे हुनेछ।

अन्तिम टोली

गोलकिपरः किरण कुमार लिम्बु (पञ्जाब एफसी), दीप कार्की (मनाङ मर्स्याङ्दी), अभिषेक बराल (सातदोबाटो)

डिफेन्डरः सनिश श्रेष्ठ (एपिएफ), विकास खवास (आर्मी), अनन्त तामाङ (चर्च ब्वाइज), पदम भट्टराई (खुमलटार), आदित्य चौधरी (जावलाखेल), निशान्त खड्का (संकटा)

मिडफिल्डरः पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज), नवीन लामा (एपिएफ), रोहित चन्द (पर्सिक केदिरी), कमल थापा (मनाङ), मणिकुमार लामा (एपिए), भरत खवास (आर्मी)

फरवार्डः आयुष घलान (संकटा), नवयुग श्रेष्ठ (आर्मी), दीपकसिंह ठकुरी (सातदोबाटो), अन्जन विष्ट (चर्च ब्वाइज), आशिष चौधरी (चर्च ब्वाइज), सुमित श्रेष्ठ (मनाङ) मनिष डाँगी (संकटा)

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १६:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्