April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

तीन कम्पनीको सेयर सूचीकृत, बिहीबारबाट कारोबार

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १२:४३
तीन कम्पनीको सेयर सूचीकृत, बिहीबारबाट कारोबार

काठमाडौं : मिड सोलु हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र नेसनल हाइड्रोपावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन्। मिड सोलु र भगवतीको आईपीओ तथा सुनकोसी हाइड्रोलाई प्राप्ति गरेपछि नेसनलको सेयर नेप्सेमा सूचीकृत भएको हो।

मिड सोलुको ७४ लाख ८४ हजार कित्ता र भगवतीको ५७ लाख २० हजार ६ सय ४७ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएका हुन्। बुधबार सूचीकृत भएसँगै यी कम्पनीको सेयर कारोबार बिहीबारदेखि हुने भएको छ।

नेप्सेले पहिलो कारोबारको लागि मिड सोलुलाई एक सय रुपैयाँदेखि तीन सय रुपैयाँसम्मको ओपनिङ रेन्ज प्रदान गरेको छ भने भगवतीले १ सय २० रुपैयाँ ४१ पैसादेखि ३ सय ६१ रुपैयाँ २३ पैसासम्मको ओपनिङ रेन्ज पाएको छ।

मिड सोलुले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा, कर्मचारीहरूसहित सर्वसाधारणका लागि निष्कासन गरेको १४ लाख ९६ हजार ८ सय कित्ता साधारण सेयर र संस्थापक सेयरधनीहरूले लगानी गरेको ५९ लाख ८७ हजार २ सय कित्ता संस्थापक नेप्सेमा सूचीकृत भएको हो।

यसैगरी भगवतीको १४ लाख ३० हजार १ सय ६२ कित्ता साधारण र ४२ लाख ९० हजार ४ सय ८५ कित्ता संस्थापक सेयर बिहीबारबाट कारोबार गर्न मिल्ने भएको छ। नेसनलले सुनकोसी हाइड्रोलाई १००ः२५ को स्वाप रेसियोमा प्राप्ति गरेको थियो। सुनकोसीको १ लाख कित्ता सेयरबराबर नेसनलको २५ हजार कित्ता सेयर बिहीबारदेखि नेप्सेमा किनबेच हुनेछ।

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १२:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।