May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

४ एआईजीको सरुवा

  • साझा परिवेश
  • बुधबार, साउन २३, २०८१ १0:३0
४ एआईजीको सरुवा

काठमाडौँ । नेपाल प्रहरीका ४ अतिरिक्त महानिरीक्षकको सरुवा भएको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा दीपक थापा, उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवाली र कार्य विभागमा रामदत्त जोशीलाई सरुवा गरेको हो ।

यसअघि ज्ञवाली सीआईबी प्रमुख थिए भने थापा उपत्यका प्रहरी कार्यालयमा थिए । बज्राचार्य प्रहरी प्रधान कार्यालयमा थिइन् भने जोशी हालै बढुवा भएका हुन् । मन्त्रिपरिषद् बैठकले न्याय सेवा आयोगको १५ साउनको बैठकको निर्णयअनुसार थप दुई जना सचिवको सरुवा गरेको छ । कानुन समूहका दुई सहसचिव सचिवको पदस्थापनको निर्णय पनि गरेको छ ।

सहसचिव आलोकचन्द्र श्रेष्ठलाई सचिवमा बढुवा गरेर सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गरिएको छ । सहसचिव परस्वर ढुंगाना नेपाल बढुवा भएर कानुन आयोगको सचिव पदस्थापन भएका छन् आयोगका सिफारिसमा कानुन सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटाको कानुन मन्त्रालयको सचिवमा सरुवा भएको छ ।

न्याय सेवा अन्तर्गतका कानुन समूहका सचिवहरूलाई न्याय सेवा आयोगको निर्णयबाट सरुवा तथा बढुवा सिफारिस गरिन्छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीले मनित्रपरिषद बैठकमा प्रस्ताव लगेर निर्णय भएपछि निर्णय कार्यान्वयन हुन्छ ।

  • साझा परिवेश
  • बुधबार, साउन २३, २०८१ १0:३0

प्रतिक्रिया

नेपाल अपडेट