May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

सिंहदरबारको फोहोर अझै उठेन

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १५:२४
सिंहदरबारको फोहोर अझै उठेन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज पाँचौं दिन पनि सिंहदरबारको फाहोर उठाएको छैन।

महानगर प्रमुख बालेन शाहको निर्देशनका कारण बिहीबार पनि सिंहदरबारको फाहोर नउठाएको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए।

सिंहदरबारसँगै प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति भवन शीतलनिवासको फोहोर पनि आइतबारदेखि नै उठेको छैन।

‘महानगरले नभनेसम्म हामी फाहोर उठाउन सक्दैनौं,’ घिमिरेले भने। घिमिरेका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयबाट फाहोर उठाएर कम्पाउन्ड भित्रै राखिएका छन्।

बालेनले शनिबार बिहान सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका थिए।

महानगरका प्रवक्ता नवीन मानन्धरले सरकारले वार्ता गर्न नबोलाएसम्म फोहोर सिंहदरबारबाट नउठ्ने बताए।

‘जबसम्म सरकारले वार्ता गर्न बोलाउँदैन हामीले फोहोर उठाउने काम रोक्छौं,’उनले भने।

बालेनको अभिव्यक्तिको विषय मन्त्रिपरिषद्सम्म पुगेको थियो।

बालेनको अभिव्यक्ति र फाहोर नउठाउने निर्णयबारे सरकारले उनलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय समेत गरेको थियो।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १५:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट