March 31, 2025 | सोमवार, चैत्र १८, २०८१
सुचनाहरु
प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन ‘म रहुँला नरहुँला आन्दोलन नरोकियोस’ भन्दै दुर्गा प्रसाईले गरे यस्तो आग्रह राजावादीहरूको प्रदर्शनमा तनाव, आगो निभाउन आएको दमकलमाथि पनि ढुंगा प्रहार राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री झापामा धान खेतको आलीबाट लडेका मेघराजको पानीमा डुबेर मृत्यु आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा प्रदर्शन गर्दै, यस्तो छ सुरक्षा व्यवस्था अब लोडसेडिङ नहुने, थप बिजुली दिन तयार भयो भारत मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्’ भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु

मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ 

  • साझा परिवेश
  • बिहिबार, चैत्र १४, २०८१ १९:२२
मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ 

७० वर्षीया एक अमेरिकाकी महिला साथीहरूसँग मुक्तिनाथ भ्रमणका लागि नेपाल आएकी थिइन् । त्यसबेला नुवाकोट बेलकोटगढी नगरपालिका ४ की ३७ वर्षीय सरिता लामासँग लामाको सामान्य चिनजान भयो । चिनजान भएपछी ती महिलाले नेपालमा रहँदा घुम्ने ठाउँहरूको बारेमा लामाले जानकारी राखिन् । सोही क्रममा सरिता लामाले पोखराको लेकसाइडस्थित एक होटलमा बसिरहेकी अमेरिकनलाई घरमा लैजान्छु भनेर लगिन् । तर उनले घर नलगी उनको अपहरण   गरेर पोखराबाट चितवन हेटौँडा हुँदै पर्सातिर लगेको भेटियो । उनलाई त्यहाँबाट भारतसम्म लैजाने तयारी रहेको थियो । ति महीलाको अपहरण गरी लुकाएर लामाले फिरौती माग्न थालिन् । त्यस घटनाको बारेमा नेपालस्थित अमेरिकन दूतावासले कास्की प्रहरीमा खबर पठायो । कास्की प्रहरीले तुरुन्तै अनुसन्धान टोली खटाएर अनुसन्धा गरीपछी अमेरीकी महिलाको सकुशल उद्धार रीएको छ ।
फिरौती उठाउन अमेरिकी नागरिक अपहरण गर्ने महिला पनि पक्राउ परेकी छिन् । नुवाकोट बेलकोटगढी नगरपालिका ४ की ३७ वर्षीय सरिता लामालाई पक्राउ गरिएको हो ।
लामाले ३ लाख युरो अर्थात् साढे ४ करोड फिरौती मागेकी थिइन् ।
आफ्नो साथीहरुसंग मुक्तिनाथ मन्दिर भ्रमणको लागि नेपाल आएकी ती अमेरिकी वृद्धा अपहरणमा परेको सूचना पाउना साथ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ती अपहरणमा परेकी अमेरिकी वृद्धालाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १९ नेवारपानीबाट अपहरणमुक्त गरेको प्रहरीले जनाएको छ ।
हाल जिल्ला प्रहरी कार्यालय हिरासतमा रहेकी सरिता लामाविरुद्ध कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १४, २०८१ १९:२२

प्रतिक्रिया

नेपाल अपडेट