July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

अदभूतः मन्दिर भत्काउन खोज्दा लँगूरले रोके, डोजर नगएसम्म मन्दिरमै बसेर दिए सुरक्षा !

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १0:३६
अदभूतः मन्दिर भत्काउन खोज्दा लँगूरले रोके, डोजर नगएसम्म मन्दिरमै बसेर दिए सुरक्षा !

सिरहा । राजमार्ग निर्माणको क्रममा सडकमा परेको भन्दै मन्दिर भत्काउन गएका ठेकेदारलाई लँगूरले मन्दिर भत्काउन दिएनन् भनेर भन्दा पत्यार नलाग्ला, तर घटना सत्य हो ।

सिरहा जिल्लास्थित नरहा गाउँपालिकाको वडा नं. ३ नयाँ चोक चोहर्बास्थित रहेको पूर्व–पश्चिम राजमार्गसँगै जोडिएर रहेको नगर डिहबारको मन्दिरमा डोजर चलाउन जाँदा एक लँगूर (बाँदर प्रजाती) ले पहरा दिएर रोकेका छन् ।

त्यहाँ स्थित रहेको हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र नगर डिहबार (डिहबार बाबा) को मन्दिरमा डोजर चलाउन जाँदा लँगूरले अगाडी बढन दिएनन् । कहिले नदेखिने लँगूर डोजर पुगेपछि अचानक आएर डोजरलाई रोकेको चालकले बताएका छन् ।

राजमार्गमा परेको भन्दै डिहबारको मन्दिर भत्काउन चाईना कम्पनीले डोजर पठाएका थिए । दिउँसो पठाएको डोजर लिएर गएपछि अचानक लँगूर आएर सो ठाउँमा अवरोध गर्न थालेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

केही बर्ष अगाडी मन्दिरको छेउमा रहेको सखुवाको बोट ढाल्न खोज्दा त्यहाँ डोजर आफैँ बन्द हुने गरेको घटना स्थानीयहरुले सुनाए । डिहबार मन्दिरमा दैवी शक्ति प्रकट रहेको स्थानीयहरु बताउँछन् ।

दिउँसो डोजर लिएर मन्दिर भत्काउन पुगेका ठेकेदारलाई एक लँगूरले दिनभरि भत्काउन दिएनन् । डोजर जान थालेपछि लँगूर पनि हिँडेको स्थानीयहरु बताउँछन् ।

अहिले सो मन्दिर तोडफोड नगरी नक्सा सारेर राजमार्ग विस्तार गर्न स्थानीयहरुले माग उठाउन थालेका छन् । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र र दैवी शक्ति प्रकट भएको भन्दै मन्दिर भत्काउन नदिने अडान कस्न थालेका छन् ।

स्थानीयहरुले यसलाई अदभूत र चमत्कार पनि भनेका छन् ।

आज बिहान फेरी त्यही लँगूर मन्दिरमा आएर बसेका हुन्। भगवान हनुमान स्वयम् प्रकट भएको भन्दै सयौंको संख्यामा स्थानीयहरू दर्शन गर्न आएका छन्।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्