इनरुवा । नापी कार्यालय सुनसरीमा काम लिएर जाने सेवाग्राहीले काम गरे वापतको अतिरिक्त रकम नजराना नदिएसम्म कर्मचारीले हप्ता दिनसम्म काम नगर्ने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन ।

सुनसरी सदरमुकाम इनरुवामा रहेको नापी कार्यालय सुनसरीमा जग्गाको नाप नक्शा सम्बन्धी काम लिएर आउने सेवाग्राही जग्गाधनीले कर्मचारीलाई नजराना रकम नदिदा हप्ता दिनसम्म सास्ती पाउनु पर्ने स्थिति रहेको उनीहरुको दावी छ ।

नापी कार्यालयमा रहेका नक्शा नभेटिने बहाना बनाएर नयाँ नक्शा अपडेट गर्नका लागि सेवाग्राहीलाई दुःख झन्झट दिदै जग्गाको मुल्याङ्कन अनुसार ३ हजारदेखि २५ हजारसम्म अपडेट गरेवापत अतिरिक्त रकम लिने गरेको पाइएको छ ।

नापी कार्यालयमा कार्यरत कर्मचारीहरुले जग्गाको नाप नक्शा सम्बन्धी कामका लागि निवेदन दिएर टोकन प्रणालीमा पालो बसेको हप्ता दिनसम्म दैनिक धाउँदा बल्ल तल्ल पालो आएपनि अन्तिम समयमा घुस भने लिने गरेका छन ।

इटहरी उपमहानगरपालिका २० नम्बर वडाको हाँसपोसाबाट नक्शा प्रिन्ट गरि प्रमाणित गराउन आएका नगेन्द्रकुमार राईले अघिल्लो सोमबार निवेदन दर्ता गराएपनि २०८० वैशाख २० गते बुधवार मात्रै जग्गाको नक्शा कम्प्युटरमा अपडेट गराएर नक्शा दिएको बताए ।

राईले भने, ‘मेरो निवेदनभन्दा चारदिन पछि निवेदन दिएका दर्जन बढी सेवाग्राहीहरुले एक घण्टाभित्रै नक्शा प्रिन्ट गरेर कर्मचारीले प्रमाणित गरेर दिए पनि मसँग तीन कित्ता जग्गाको १५ हजार माग गरेपछि राजश्वभन्दा बढी रकम घुस वापत नदिदा एक ह्रप्तासम्म लाइनमा पालो कुरेर बस्नु पर्यो ।’

इनरुवा १ स्थित पूर्वटोल घर भएकी निरा पोखरेलले जग्गाको नक्शा निकाल्न निवेदन दिएर पालोमा लाइन बस्दा तीन दिनसम्म नक्शा अपडेट गर्न समय लाग्छ भन्दै काम नगरेको बताइन ।

पोखरेलले भनिन्, ‘झयालमा टोकन लिएर पालो कुरेर बस्ने सयौ सेवाग्राहीहरु भन्दा दुईदिन पछि निवेदन दिएका पालोमा नबस्ने व्यक्तिहरुले एकैछिनमा कोठा भित्रै प्रवेश गरि नक्शा लिएर गए ।’

इनरुवा ३ की कुमारी निरा पोखरेल अधिकारीले कर्मचारी मिलाउन सक्नेहरुको भटाभट काम भईरहेको आफ्नै आँखाले देखिरहेपनि आफू भने तीन दिनदेखि धाईरहँदासमेत काम नभएको गुनासो गरिन ।

रामधुनी १ नम्बर वडाका विकास आचार्यले भने, ‘नक्शा अपडेड गर्न पुरानो नक्शा माग गरेकाले आफुसँग नभएको बताएपछि तीन दिन भयो लाइनमा बसेको फाँटवाला कर्मचारीले आफुसँग घरमा भएको नक्शा वा टे«स लिएर आए मात्रै अपडेट गरिदिन्छौ भन्दै काम गरिदिएका छैनन् ।’

कर्मचारीको गुनासो लिएर कार्यालय प्रमुख समक्ष जादा रुखो बोलीमा कार्यालयमा नक्शा नभएको खोजी गर्न सम्भव नभएको जवाफ दिएर पन्छिने गरेको आचार्यले गुनासो गरे ।

नापी कार्यालय सुनसरी इनरुवाका कार्यालय प्रमुख नापी अधिकृत संजिप साहले कार्यालयमा हाल चारवटा काउण्टर रहेकाले काउण्टरबाट निवेदन दिनेलाई टोकन दिएर पालोमा नक्शा दिने गरेको बताए ।

उनले नक्शा कम्प्युटरमा अपडेट नभएको कतिपय जग्गाको आवश्यक कागज प्रमाण अभावमा कार्यालयले माग गरेको कागजपत्र सेवाग्राहीले ल्याउनुपर्ने व्यवश्था गरेको बताए ।

डिजिटल प्रविधिमा नक्शालाइ्र्र अभिलेख गरेकाले कार्यालयको दराजमा राखिएको नक्शा निकाल्दा पुनः पुरानै अवश्थामा जानुपर्ने अवश्था आउन नदिन दराजमा राखिएका नक्शा हजार पाँच सयभन्दा बढी संख्या रहेकाले नलिकालेको दावी गरेका नापि अधिकृत साहले सेवाग्राहीसँग भएको नक्शा अपडेटका लागि माग गरिएको दावी गरे ।

निवेदन अनुसार टोकन लिएका सेवाग्राहीलाइ्र्र पालोमा राखेर नक्शा दिने गरेकाले ढिलाई नभएको दावी गर्दै साहले भने नियमअनुसार नक्शा एकदिनमा कार्यालयले दिदै आएको छ ।

साहले भने, ‘सेवाग्राहीसँग कर्मचारीले रकम लिने आरोपका ’boutमा आफु जवाफदेही नहुने बताए ।

उनले भने, ‘रकम दिने गरेको आफुले पनि सुनेको हुँदा रकम लेखापढी गर्ने बाहिरका मानिसले लिने गरेका छन कर्मचारीले रकम माग्दैनन् ।’
कार्यालय प्रमुख साहले कर्मचारीले घुस माग्ने गरेको आरोप सरासर गलत भएको भन्दै अस्वीकार गरेका छन ।

श्राेत : वर्णमाला अनलाइन