March 31, 2025 | सोमवार, चैत्र १८, २०८१
सुचनाहरु
प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन ‘म रहुँला नरहुँला आन्दोलन नरोकियोस’ भन्दै दुर्गा प्रसाईले गरे यस्तो आग्रह राजावादीहरूको प्रदर्शनमा तनाव, आगो निभाउन आएको दमकलमाथि पनि ढुंगा प्रहार राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री झापामा धान खेतको आलीबाट लडेका मेघराजको पानीमा डुबेर मृत्यु आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा प्रदर्शन गर्दै, यस्तो छ सुरक्षा व्यवस्था अब लोडसेडिङ नहुने, थप बिजुली दिन तयार भयो भारत मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्’ भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु

दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १५, २०८१ २१:१७
दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन

राजसंस्था पुनर्स्थापनका लागि बनेको संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईंले आफूलाई पक्राउ गर्न प्रहरी आइरहनु नपर्ने बताएका छन् । प्रहरीले जहाँ बोलाउँछ त्यहीँ आउने भन्दै दुर्गा प्रसाईले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘साथीहरु भर्खरै मलाई पक्राउ गर्ने बारेको सुचना प्राप्त भएको छ । मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउछौ त्यही आउँछु । अब म थुनिएर आन्दोलन रोकिदैन किन कि दुर्गा अब व्यक्ती हैन बिचार हो, अभियान हो ।’

उनले आजको आन्दोलनमा नेपाल सरकारले एक युवाको हत्या गरेको बताएका छन् । आजको अप्रिय अवस्था सरकारकै दमनले गर्दा उत्पन्न भएको उनको आरोप छ । ‘हामी बैदिक बिधी पुर्वक पुजा अर्चना गरेर आमाको आशिर्वाद लिएर शान्तीपुर्ण रुपमा कार्यक्रम स्थल पुग्दा अश्रु ग्यास प्रहार भैरहेको थियो, त्यो देखेपछि कुन चाहि नेपालीको रगत न उम्लदो हो ?’ उनले लेखेका छन्, ‘हामी तोडफोड गर्न, आगजनी गर्न, प्रहरी कुट्न गएका थिएनौं, हामी त शान्तीपुर्ण रुपमा सभा, आन्दोलन र घोषणा सभामा सहभागी हुन गएका थियौं, दमन किन ? जुन अप्रिय अवस्था बन्यो त्यो सबै सरकारको दमनको कारण भएको हो, त्यसको क्षतिपुर्ती सरकारले व्यहोर्नु पर्नेछ ।’

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १५, २०८१ २१:१७

प्रतिक्रिया

नेपाल अपडेट