April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने

  • साझा परिवेश
  • सोमवार, चैत्र १८, २०८१ १८:४६
साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारीमा फर्किएका छन् । उनि आफ्नो जिम्मेवारीमा फर्कीने भएपछी रास्वपा पार्टी कार्यालयमा उनको स्वागतका लागि कार्यकर्ताको भीड लागेको थियो।
सोमबार पार्टी केन्द्रीय कार्यालय चमतीस्थित घण्टीघरमा पत्रकार सम्मेलन गर्दै उनले आफू पार्टीको जिम्मेवारीमा फर्किएको जानकारी गराएका हुन् ।
उनी साढे ५ महिनापछि रास्वपाको सभापतिको जिम्मेवारीमा फर्किएका हुन् । उनले पार्टी काममा फर्किने क्रममा केन्द्रीय कार्यालयमा रहेको घण्टी बजाए।
उनी कार्यालय आउने भएपछि सयौँ युट्युबर र पत्रकारको पनि भिड लागेको थियो । त्यतिकै संख्यामा कार्यकर्ता पनि सहभागी थिए ।
उनले कार्यालयमा सरकार नैतिक रुपमा असफल भइसकेको बताए । आफ्नो जिम्मेवारीमा फर्कीदै देशमा गणतन्त्रका नाममा भइरहेको लुटतन्त्रलाई टुलुटुलु हेरेर नबस्ने बताएका छन्।
‘सरकार कुन नैतिकताको आधारमा बसेको छ ? मलाई थाहा छैन । सरकारको औचित्यता समाप्त भइसकेको छ’, ‘संसद्बाट बलियो सरकार बन्ने बाटो पनि दुई ठूला दल मिलेर बन्द गरिदिए । लोकतन्त्र बचाउन, संविधान बचाउन होईन, एकअर्काका भ्रष्टाचारी बचाउन सरकार बनाए ।’ भन्दे रबिले भनका छन् ।
सोमबारबाट सुरु भएको रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका सभापति लामिछानेले पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै संघीय लोकतन्त्र र गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरुलाई खबरदारी गर्न नछाड्ने बताएका हुन्। सरकारले आफूलाई दुःख दिइरहेको भन्दै शरीरमा एक थोपा रगत रहेसम्म लुटतन्त्रको विरुद्धमा उभिने बताए।‘दुई तिहाइको सरकारले मलाई ज्यूँदै छोडेको छ, यही नै मेरो जित हो। शरीरमा एक थोपा रगत हुँदासम्म लुटतन्त्रको विरोधमा उभिनेछु। जतिवटा मुद्दा लगाउनु छ लगाउ, ज्यान मार्नु छ मार। म राजनीतिमा नआएको भए यो दुःख खेप्नुपर्ने थिएन भन्ने मलाई थाहा छ। संघीय लोकतन्त्रको र गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरुलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पछि हट्दैन,’‘म लड्छु। जुनसुकै शक्तिसँग लड्छु। तर यो लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाछी मान्छे म होइन।’ भन्द्यै उनले भनेका छन् । यतिबेला देश प्रतिपक्षविहीन भएको उनको भनाइ थियो। आफूहरूलाई गणतन्त्रवादी होइनन् कि भनेर हिलो छ्याप्ने प्रयास भइरहेको उनले बताए। उनले भने, ‘हामी गणतन्त्रवादीको कित्तामा छैनौँ कि, गणतन्त्रवादी होइनौँ कि भनेर हिलो छ्याप्ने प्रयास भएको छ। म भन्न चाहन्छु, जहाँ तपाईं उभिनुभएको छ, त्यो गणतन्त्र होइन। तपाईंले गणतन्त्रको खोल ओढ्नेभएको थियो। रास्वपा खोल ओढ्दैन।’ भन्द्यै उनी आजबाट सुरु भएको रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन्।

  • साझा परिवेश
  • सोमवार, चैत्र १८, २०८१ १८:४६

प्रतिक्रिया

नेपाल अपडेट