नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ ।
निगम सञ्चालक समितिको सोमबारको बैठकबाट डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय भएको छ ।
निगमले सोमबार जारी गरेको विज्ञप्ति अनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आएको थियो । डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएकोमा पेट्रोलको भाउ कुनै घटबढ नभए पनि डिजेल तथा मट्टितेलको भाउ घटाउने निर्णय भएको छ । अब काठमाडौंमा डिजेलको भाउ प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ । नयाँ मूल्य मंगलबारदेखि लागू हुने निगमले जनाएको छ ।