July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

मेयरलाई एमालेले गर्यो निलम्बन

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १३:२४
मेयरलाई एमालेले गर्यो निलम्बन

काठमाडौं । वचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका बागलुङको इमेज वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ ।

एमालेको गण्डकी प्रदेश कमिटीका सदस्यसमेत रहेका नेपाली ढोरपाटन नगरपालिकाका मेयरसमेत हुन् ।
एमालेका प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले बुधबार एक विज्ञप्ति जारी गरी नेपालीलाई यो घटनाको निरुपण नहुँदासम्म निलम्बन गरिएको उल्लेख छ । त्यस्तै छानबिनमा सहयोग पुर्याउन पनि नेपालीलाई एमालेले आग्रह गरेको छ ।

‘‘यस घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरुलाई वचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पुर्याउन हाम्रो पार्टी संवद्ध सबैलाई आग्रह गर्दछ’ एमालेको विज्ञप्तिमा भनिएको छ ।

उनीसहित इमेज सहकारीका पदाधिकारी वचतकर्ताको रकम फिर्ता नगरेर हाल फरार रहेका छन् । गृह मन्त्रालयले संस्थापक अध्यक्ष नेपाली, कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्रा अनुमति रद्दसमेत गरेको छ ।

एमालेको गण्डकी प्रदेश कमिटीको विज्ञप्ति

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १३:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्