सामाजिक सञ्जालमा चर्चित पेज ‘रुटिन अफ नेपाल बन्द’लाई राष्ट्रिय सूचना आयोगले लिखित जवाफ पेस गर्न ७ दिनको अल्टिमेटम दिएको छ।
कानुनका विद्यार्थी विवेक चौधरीले २०८१ फागुन १४ गते उक्त पेजसँग सार्वजनिक सूचना माग गरेका थिए। तर, समयमै जवाफ नपाएपछि चौधरीले कार्यालयका प्रमुख समक्ष पनि जवाफ मागेका थिए , तर प्रमुखबाट पनि जवाफ नआएपछी विवेकले उजुरी दर्ता गरेका थिए ।
सूचना नपाएको भन्दै आयोगमा पुनरावेदन दर्ता गरेपछि आयोगले पेज सञ्चालक तथा सूचना अधिकारीलाई स्पष्ट कारण र प्रमाणसहित लिखित स्पष्टीकरण माग गरेको हो।
यदि सूचना नदिनुपर्ने कानुनी आधार भएमा त्यसको ठोस प्रमाणसहित ७ दिनभित्र जवाफ दिनुपर्ने आयोगको आदेश छ।
यसरी सारा नेपालीमाझ सर्वाधिक चर्चामा रहेको “पेज रुटिन अफ नेपाल बन्द” माथी पनि औला उठाइएको छ ।