July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

लोडसेडिङ तालिका माग्दै उद्योगी सडकमा

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १६:१५
लोडसेडिङ तालिका माग्दै उद्योगी सडकमा

विराटनगर । नेपाल विद्युत प्राधिकरणले बिना जानकारी विद्युत कटौती गरेपछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीहरु सडकमा उत्रिएका छन् ।

विद्युत नियमित आपूर्ति माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघलगायत संस्था आन्दोलनमा छन् ।
नियमित आपूर्ति गर्न नसके लोडसेडिङको कार्यतालिका दिनुपर्ने उनीहरुको माग छ ।

विद्युत प्रधिकरणले औद्योगिक क्षेत्रमा विहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि राति १० बजेसम्म दैनिक विद्युत कटौती गरिरहेको छ । त्यस बाहेक अन्य समयमा पनि विद्युत कटौती हुने गरेको उद्योगीको गुनासो छ ।

आइतबार मोरङ व्यापार संघको अगुवाईमा विद्युत प्रधिकरण दुहबी ग्रिडमा धर्ना दिएका व्यवसायीहरले नियमित विजुली दिन नसके लोडसेटिर्ङ तालिका सार्वजनिक गर्न माग गरे ।
अनियमित रुपमा विद्युत कटौती हुँदा उद्योगको कच्चा पदार्थमा क्षति पुग्ने गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल बताउँछन् ।

उद्योगी व्यावसायीले दुहबी ग्रिडका प्रमुख रोशन खड्कालाई ज्ञापनपत्र समेत बुझाएका छन् । सुनसरी मोरङ औद्योगिक करिडोमा मंसिरबाटै विद्युत कटौती सुरु भएको उद्योगीको गुनासो छ ।

दुहबी ग्रिडका प्रमुख खड्काका अनुसार पूर्व क्षेत्रमा गर्मी लागेपछि विजुलीको माग दैनिक २७० देखि २८० मेगावाटसम्म पुगेको छ । आपूर्ति भने २३०देखि २४० मेगावाट छ ।

विजुली सप्लाई व्यवस्थापनका लागि औद्योगिक क्षेत्रलाई पिक आवरमा लोडमा राखिने उनले बताए । उनका अनुसार औद्योगिक क्षेत्रको विद्युत कटौती रोक्ने दुई वटा बिकल्प छन्, पहिलो पानीको स्रोत बढ्नु र दोस्रो भारतबाट आयात बढाउनु ।

कुसाहा–कटैया प्रसारणलाइनबाट दैनिक ७०–८० मेगावाट विजुली पूर्व  क्षेत्रका लागि आँउछ । तर विहारबाट आउने विजुली पिक आवरमा भने काटिने उनले बताए  ।
‘दुई वटा प्रसारणलाइन मध्ये एउटाबाट मात्रै आँउछ, पिक अवरमा उत्ता माग बढ्दा कटौती गर्छ’, उनले भने, ‘अर्काे प्रसारणलाइनबाट थप विजुली ल्याउने प्रयास भइरहेको छ ।’ जलायश क्षेत्रमा पर्याप्त पानी परेको अवस्थामा पनि विद्युत कटौती रोकिने उनको भनाइ छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १६:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्