May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

इतिहास विभाग प्रमुखसमेत रहेका भट्टराई भए त्रिवि अध्यक्ष

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० १२:५१
इतिहास विभाग प्रमुखसमेत रहेका भट्टराई भए त्रिवि अध्यक्ष
  • त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले एक वर्षपछि पायो अध्यक्ष
  • २०७९ साउन १९ गतेदेखि रिक्त थियो त्रिवि
  • इतिहास विभाग प्रमुखसमेत रहेका भट्टराईले ग्रहण गरे पदभार 

काठमाडौं ।।

त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले एक वर्षपछि अध्यक्ष पाएको छ । २०७९ साउन १९ गतेदेखि रिक्त रहेको त्रिवि सेवा आयोगको अध्यक्षमा प्रा. डा. घनश्याम भट्टराई नियुक्त भएका छन् । इतिहास विभाग प्रमुखसमेत रहेका भट्टराईले बुधबार सेवा आयोग अध्यक्षको पदभार ग्रहण गरेका छन् ।

६ महिनापछि अवकाश हुन लागेका उनलाई मंगलबार कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिले गत साउन २३ गते आवेदन माग गर्दै २६ गते ३ बजेभित्र आवेदन दिन सूचित गरेको थियो । सोही आवेदन अनुसार सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो।

सह-कुलपति (शिक्षामन्त्री) को सिफारिसमा कुलपतिले सेवा आयोग अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ । एक वर्षदेखि सेवा आयोग पदाधिकारी विहीन हुँदा त्रिवि शिक्षक तथा कर्मचारीको विज्ञापन हुन सकेको छैन । राजनीतिक भागबन्डाका कारण सिफारिस समितिले पटक पटक सिफारिस हुँदै आए पनि त्रिवि सेवा आयोगले अध्यक्ष पाउन सकेको थिएन ।

 

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० १२:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।