June 17, 2025 | मङ्लबार, असार ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

फेसबुकलाई दिएको समयसिमा आज सकियो, अब के छ सरकारको योजना?

  • साझा परिवेश
  • आइतवार, बैशाख ८, २०८२ २१:५८
फेसबुकलाई दिएको समयसिमा आज सकियो, अब के छ सरकारको योजना?

सामाजिक सञ्जाल सूचीकरणका लागि दिइएको समयसीमा सकिदाँ पनि फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता नभएको पाइएको छ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै दिएको ३० दिने समयसीमा आइतबार सकिएको छ । तर पनि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स (ट्विटर) लगायतका सामाजिक सञ्जाल सूचीकररण भएन ।

सरकार प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङले भने अन्तिम समयका लागि अब एक सातादेखि १५ दिनसम्मको समयावधि दिएर सूचीकरणका लागि आव्हान गर्ने नेपाल प्रेससँग बताए । यदि अब थप गरेको समयसिमामा पनि सूचीकरणका लागि नआए कानून अनुसार अघि बढ्ने उनको भनाई छ ।

सञ्चारमन्त्री गुरुङले भने, ‘पछिल्लो समय ३० दिनका लागि सूचीकरण हुने समयसिमा दिएका थियौ । त्यो समयसिमा आइतबार सकिएको छ । अब एक पटक कम्तिमा एक साता र बढीमा १५ दिनको अन्तिम सयम दिन्छौ । यदि यो समयसिमा भित्र पनि सूचीकरण हुन आएनन् भने कानूनी व्यवस्था अनुसार अघि बढ्छौ ।’

अब थप गरिएको समयसिमा भित्र पनि सूचीकरण हुन बाँकी रहेका सामाजिक सञ्जाल नभए नेपालभित्र त्यस्ता सामाजिक सञ्जालको सञ्चालनमा रोक लगाउने सञ्चारमन्त्रालयको तयारी छ ।

सरकारले २ वर्ष अघि ल्याएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० अनुसार सामाजिक सञ्जाल नेपालमा अनिवार्य सूचीकरण हुनुपर्छ । गत चैत ७ मा तेस्रो पटक सूचना जारी गर्दै सरकारले ३० दिनभित्र दर्ता हुन आव्हान गरेको थियो । उक्त समयसिमा आइतबार सकिए पनि फेसबुक लगायतका सामाजिक सञ्जाल प्लेटफर्म मन्त्रालयमा सूचीकरणका लागि आएका छैनन् ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ८, २०८२ २१:५८

प्रतिक्रिया

नेपाल अपडेट