May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

एसिया कपको तयारी नेपालले श्रीलंकामा गर्ने

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० ११:0१
एसिया कपको तयारी नेपालले  श्रीलंकामा गर्ने
  • नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने
  • श्रीलंकामा १५ दिनको स्पेशल हाई परफरमेन्स क्याम्प आयोजना

काठमाडौं ।।

पहिलो पटक एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार विज्ञप्ती जारी गर्दै एसिया कपका लागि श्रीलंकामा १५ दिनको स्पेशल हाई परफरमेन्स क्याम्प आयोजना गर्ने जनाएको छ।

‘नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपका लागि तयार छ, र उनीहरू उत्कृष्ट फर्ममा छन् भनी सुनिश्चित गर्न हामीले श्रीलंकामा १५ दिने विशेष उच्च प्रदर्शन शिविर आयोजना गर्दैछौं’, क्यानले भनेको छ ।

उक्त समयमा नेपाली खेलाडीले कडा प्रशिक्षण लिने र अनुभवी प्रशिक्षक र सहयोगी स्टाफको मार्गदर्शनमा श्रीलंकनडेभलपमेन्ट टिमसँग चार अभ्यास खेल खेल्ने समेत क्यानले जनाएको छ ।

नेपालमा बर्खाको समय भएकोले श्रीलंकामै क्याम्प राख्ने व्यवस्था मिलाएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए । अहिले उतै रहेको नेपाली टिम हाई परफरमेन्स क्याम्प सकिएपछि नेपाल फर्कने उनले बताए ।

राम्रो टिम विरुद्ध खेल सुनिश्चित गर्न सहयोग गरेकोमा क्यानले श्रीलंका क्रिकेटलाई धन्यवाद दिएको छ । एसिया कप क्रिकेट आगामी अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ ।

नेपालले पाकिस्तानसँग पाकिस्तानको मुल्तानमा अगष्ट ३० मा खेल्नेछ भने भारतसँग श्रीलंकाको क्यान्डीमा सेप्टेम्बर ४ मा खेल्नेछ ।

विश्व क्रिकेटकै दुई बलिया राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छ । बैशाखमा काठमाडौंमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको हो ।

श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । दुवै समूह शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् । जहाँ हरेक टिमले अर्को टिमसँग खेल्नेछ र श्रीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

हाल नेपाली क्रिकेट टोली एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंकामै छ । नेपाल प्रतियोगिताको समूह्य चरणबाटै बाहिरिसकेको छ । समूह चरणमा भारत र ए र पाकिस्तान ए सँग पराजित भएको नेपालले युएई ए लाई पराजित गरेको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० ११:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।