April 24, 2025 | बिहिबार, बैशाख १२, २०८२
सुचनाहरु
अबको दुई दिन तराईमा तातो हावा चल्ने  जम्मू कश्मिरमा आक्रमण गर्ने आतंककारीको तस्बिर सार्वजनिक यस्तो छ कक्षा १२ को नयाँ रुटिन हर्क साम्पाङ विरुद्द  किटानी जाहेरी सडकमा आन्दोलन गरिरहेका शिक्षकहरुले गर्दैछन् रक्तदान  सिंहदरबारमा बन्द गरिदैछ बोतल र जारको पानी  जम्मु–कश्मिरको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको गयो ज्यान  शिक्षक आन्दोलनले  कक्षा १२ को परीक्षा स्थगित, वैशाख २१ बाट हुने बाबुआमाले लछारपछार गर्दा चार महिनाको शिशुको मृत्यु  काम गर्न नसक्ने प्रधानमन्त्रीले सयपटक कान समातेर उठबस गर्नुपर्छ:  बामदेव गौतम   विद्यालयनै ठप्प भएपछी अभिभावकले गरे आन्दोलन यस्तो देखियो ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर निजामति कर्मचारी खटाएरै भएपनि कक्षा १२ को परिक्षा बैशाख ११ मा गराएरै छाड्ने  कक्षा १२ को परीक्षाबारे आज निर्णय हुँदै सुमना श्रेष्ठ भन्छिन्: राजिनामा आउनुपर्नेथ्यो प्रधानमन्त्रीको, आयो शिक्षामन्त्रीको ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजालले मारे बाजी राष्ट्रिय परीक्षा बोर्ड भन्छ: कक्षा १२ को परीक्षा ११ गतेबाटै हुन्छ “बाउ ठीक छैनन्, पार्टी झन् ठीक छैन” भन्दै हर्क साम्पङले रेणु दाहाललाई दिए कडा जवाफ  शिक्षामन्त्रीले भट्टराईले अचानक दिइन् राजीनामा आन्दोलनमा शिक्षकहरुको बिरोध गर्ने अभिभावकलाई कुटे शिक्षकले

सिंहदरबारमा बन्द गरिदैछ बोतल र जारको पानी 

  • साझा परिवेश
  • बुधबार, बैशाख ११, २०८२ १८:0८
सिंहदरबारमा बन्द गरिदैछ बोतल र जारको पानी 

अब सिंहदरबारमा बोतल र जारको पानी बन्द गरिने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन्।
आज देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्रमा मेलम्चीको खानेपानी वितरणका लागि विभिन्न ठाउँ एवं धारा निर्माण गर्ने क्षेत्रको स्थलगत अनुगमन पश्चात् मन्त्री यादवले वर्षौदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी अब सदाका लागि अन्त गरिने बताए ।
उनले भने, “सिंहदरबारमा वर्षौदेखि प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्ष अनुसार काम अगाडी बढी रहेको छ । यहाँ चाडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ ।” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत यहाँका मन्त्रालयहरुमा मेलम्चीको पानी वितरण गर्नका लागि मन्त्री यादव सहितको टोलीले आज अनुगमन गरेको थियो ।
यहीँ वैशाख अन्तिम साता सम्म सिंदरबारमा मेलम्चीको सफा, शुद्ध पानी वितरण गरिने मन्त्री यादवले जिकिर गरे ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ११, २०८२ १८:0८

प्रतिक्रिया