April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
मधेसमा माओवादीले फेर्‍यो मन्त्री अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले बढ्याे सेयर बजार दोहोरो अंकले घट्यो सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी एमाले र माओवादीले कोशीमा पेश गरे संकल्प प्रस्ताव सुन तस्करी प्रकरणमा फरार चलाउनेविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी अशोक दर्जीलाई लिएर ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउदै मनकामना केबलकार भोलि बन्द हुने कोशीका मुख्यमन्त्री कार्की अल्पमतमा : ६० सांसद प्रतिपक्षमा बस्दा सत्तापक्षमा ३३ जनामात्रै मोरङमा भेला र प्रदर्शन गर्न रोक शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत ‘मनसरा’को ट्रेलर सार्वजनिक एन्फा उपाध्यक्ष दावा लामा छुटे एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार,आज शपथ स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही हुने धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद हत्याको आशंकामा युवतीको जलाइरहेको शव बरामद

चार बर्ष बित्दा समेत सञ्चालामा आएन इनरुवा बसपार्क

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १५:४५
चार बर्ष बित्दा समेत सञ्चालामा आएन इनरुवा बसपार्क

सुनसरी – चार वर्ष अगाडि निर्माण सम्पन्न भएर हस्तान्तरण भईसकेको सुनसरी स्थित इनरुवाको आधुनिक बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । शहरी विकास मन्त्रालयले स्मार्ट सिटी योजना अन्र्तगत निर्माण सम्पन्न गरेको बसपार्क इनरुवा नगरपालिकालाई हस्तान्तरण गरेपनि अहिलेसम्म सञ्चालनमा आउन नसकेको हो ।

चार बर्षअघि कोशी प्रदेशको प्रमुख तीन सहर बिराटनगर, फिदिम सहित इनरुवामा अत्याधुनिक सुविधा सहित बस टर्मिनल र बसपार्क निर्माण सम्पन्न भएका थिए । बिराटनगर र फिदिमको बसपार्क संचालनमा आएपनि इरुवाको बसपार्क सञ्चालनमा पटक-पटक किचलो देखिएपछि सञ्चालनमा आउन नसकेको हो ।

दुई पटक इनरुवा नगरपालिकाको पहलमा केही दिन सञ्चालनमा आएपनि अहिले बसपार्क बेवारिसे बनेको छ । इनरुवा नगरक्षेत्रमा सडक, ढल, बसपार्क सहित दुई अर्व रकम खर्च गरिने योजना अनुसार ११ करोडको लागतमा बसपार्क निर्माण भएको थियो । शहरी विकास मन्त्रालयले स्मार्ट सिटी योजनाका लागि विनियोजित रकममध्ये ८० करोड रुपैयाँ इनरुवा नगरक्षेत्रमा खर्च गर्नुपर्ने दावी गर्दै तत्कालिन नगरप्रमुख राजन मेहेताले मन्त्रालयसँग पटक-पटक ताकेता गरी डेलिगेशन समेत गएर ध्यानआर्कषण गराएको थियो । तर उक्त ८० करोड रुपैयाँ मन्त्रालयले इनरुवा नगरपालिकालाई नदिने भएपछि रुष्ट भएको नगरपालिका संघीय सरकारको शहरी विकास मन्त्रालयले गलत अडान नसच्चाउदा सम्म बसपार्क नचलाउने अडानमा बसेपछी लामो समय बसपार्क सञ्चालनमा आउन सकेन ।

पछी केही समय बसपार्क सञ्चालनमा ल्याइएपनि त्यो प्रभावकारी नहुदा अवस्था अहिले पनि त्यस्तै छ । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले पुरानो बसपार्क जोखिमपूणर् र व्यस्त सडकमा हुँदा सडक अवरोध समेत हुँदै आएकाले नयाँ स्थानमा निर्माण भएको बसपार्क सञ्चालनका लागि समन्वय गर्दा नगरपालिकाले चासो नदेखाउदा बसपार्क सञ्चालनमा आउन सकेको छैन ।

आधुनिक बसपार्कमा यात्रु प्रतिक्षालयका साथै आवास र होटल सहितको बन्दोवस्ती मिलाइएको छ । सुरक्षाका लागि पर्याप्त मात्रामा सीसी क्यामेरा र सोलार बत्तीसमेत जडान गरिएको छ ।

buspar1buspark3buspark2buspark4buspark5

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।