April 27, 2025 | आइतवार, बैशाख १५, २०८२
सुचनाहरु
काङ्ग्रेसले किन जलायो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला? शिक्षक आन्दोलनको रिपोर्टिङ गर्न गएकी संचारकर्मी घाइते शिक्षकलाई आग्रह गर्दै सुमना श्रेष्ठ भन्छिन्अ: ब त पार्टी सदस्यता त्याग्नूस्  आज मातातिर्थ औँसीः आमाको मुख हेर्ने दिन, यसरी मनाइन्छ  नेपाल आइपुगे राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक, को हुन् ? किन शिक्षामन्त्रीलाई नभेटी फर्कियो शिक्षक महासंघको टोली ? सुनिताले बालेनलाई लक्षित गर्दै  “स्टन्ट गरेर देश बन्दैन” भनेपछी  पत्नीसँग छुट्टिए सीके राउत, यस्तो भयो सहमती भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्री छोरा पनि संलग्न  सञ्चारमन्त्री गुरुङको अन्तिम चेतावनी, ७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध विनाशकारी भुकम्प गएको आज १० बर्ष पूरा अमेरिकाबाट भागेर नेपाल आएका भुटानी शरणार्थीलाई २४ घण्टाभित्र थुनामुक्त गर्न सर्वोच्चको आदेश गगन थापा भन्छन्: प्रधानमन्त्री ओलीले आधारभूत कुरा पूरा नगरे सरकारमा बस्दैनौँ क्यानले दियो सिद्धान्त लोहनीलाई ५ लाख रुपैयाँ यसरी भयो कश्मीरमा मारिएका सुदीप न्यौपानेको अन्त्येष्ट नवनियुक्त शिक्षामन्त्री भन्छन्ः वार्ताबाट शिक्षकहरूका समस्या समाधान गर्छु आज लोकतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरीदै अबको दुई दिन तराईमा तातो हावा चल्ने  जम्मू कश्मिरमा आक्रमण गर्ने आतंककारीको तस्बिर सार्वजनिक यस्तो छ कक्षा १२ को नयाँ रुटिन

आज मातातिर्थ औँसीः आमाको मुख हेर्ने दिन, यसरी मनाइन्छ 

  • साझा परिवेश
  • आइतवार, बैशाख १५, २०८२ 0९:४३
आज मातातिर्थ औँसीः आमाको मुख हेर्ने दिन, यसरी मनाइन्छ 

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उहाँले बताउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ । दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो ।
यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ ।  मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।रासस

 

  • साझा परिवेश
  • आइतवार, बैशाख १५, २०८२ 0९:४३

प्रतिक्रिया

नेपाल अपडेट