July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

१-१ महिनामा बस्नुपर्ने विधानमा छ, एक वर्षसम्म बसेको छैन

  • साझा परिवेश
  • आइतवार, असार १७, २०८० १४:४१
१-१ महिनामा बस्नुपर्ने विधानमा छ, एक वर्षसम्म बसेको छैन
  • विधानतः नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक २ महिनामा एकपटक बस्नुपर्दछ ।
  • जसमा शोक प्रस्ताव पारित गर्नका लागि बैठक बसेको थियो ।
  • पछिल्लो पटक २७ असारदेखि २ साउनसम्म केन्द्रीयसमिति बैठक बसेको थियो ।
  • छलफल गर्न केन्द्रीय सदस्यहरुले बैठकको माग गर्दै आएका छन् ।

काठमाडौं ।।

विधानतः नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक २ महिनामा एकपटक बस्नुपर्दछ । विधान अनुसार केन्द्रीय समिति बैठक नियमित बस्दै आएको भए महाधिवेशन पछि दशपटक बैठक बस्नुपर्ने बेला भइसक्यो ।

कांग्रेसमा महाधिवेशन र महासमिति बैठक पछिको सर्वोच्च निकाय केन्द्रीय समितिमा आफ्नो धारणा राख्न नपाउँदा केन्द्रीय सदस्यहरुको औचित्य र भूमिकालाई नेतृत्वले बेवास्ता गरेको भन्दै नेताहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।
महाधिवेशन सकिएपछि भएका दुई बैठकमा मात्रै केन्द्रीय सदस्यले धारणा राख्न पाएका छन् । अरु तीन बैठक औपचारिकता लागि बोलाइएको थियो । जसमा शोक प्रस्ताव पारित गर्नका लागि बैठक बसेको थियो ।

पछिल्लो पटक २७ असारदेखि २ साउनसम्म केन्द्रीयसमिति बैठक बसेको थियो । ५ भदौमा प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गर्न बसेको थियो । त्यसयता केन्द्रीय कार्यसमितिको बैठक बसेको छैन । केन्द्रीय सदस्यहरुले बैठक बस्न माग गर्दै आए पनि सभापति शेरबहादुर देउवाले टार्दै आएका छन् ।

केन्द्रीय सदस्य मधु आचार्यले बैठकको माग गर्दै कार्यालयमा पत्र नै दर्ता गरेका छन् । ‘पार्टीका लागि विगतको ११ महिना निकै आरोह अवरोहपूर्ण रह्यो । नीतिगत एवं राजनैतिक अध्ययन अनुसन्धानका दृष्टीले पेचिलो मात्र होइन, सैद्धान्तिक वैचारिक स्खलन एवं छवि विघटनका दृष्टिले समेत निकै पिडादायी रह्यो,’ आचार्यले बैठक माग गर्दै ११ असारमा दर्ता गरेको पत्रमा लेखिएको छ ।

गत माघमा देउवा पक्षका केन्द्रीय सदस्यहरुकै छलफलमा जुटेर बैठकको माग गरेका थिए । केन्द्रीय सदस्यद्वय नैनसिंह महर र मीन विश्वकर्माको अगुवाइमा उक्त बैठक बसेको थियो ।

विश्वकर्मा हाल पार्टीको शक्तिशाली प्रचार विभागको प्रमुख छन् । ‘केन्द्रीय समितिको बैठक नहुँदा पार्टीले गति लिन सकेको छैन । पदाधिकारीबाट पनि केन्द्रीय समिति बैठक बोलाउन आवाज नउठाएको जस्तो लाग्छ,’ केन्द्रीय सदस्य महर भन्छन्, ‘पार्टी रुपान्तरणको विषय होस् वा नीति महाधिवेशन बोलाउने कुरा होस् । छलफल गर्ने सर्वोच्च निकाय केन्द्रीय समिति हो ।’

पछिल्लो घटनाक्रम विश्लेषण, नीति महाधिवेशन, महासमिति बैठक, विभाग गठनका लगायतमा छलफल गर्न केन्द्रीय सदस्यहरुले बैठकको माग गर्दै आएका छन् ।

 

  • साझा परिवेश
  • आइतवार, असार १७, २०८० १४:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्