भाटभटेनी लुटपाट काण्डमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको चरित्र हत्या गरिएको भन्दै नेपाल तरुण दल सिरहाले शनिबार गोलबजारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला जलाएका छन्।
गोलपार्कमा आयोजित प्रदर्शनमा तरुण दलका कार्यकर्ताले ‘महेन्द्र यादवको बदनामी बन्द गर’ जस्ता नाराबाजी गर्दै एक घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी चक्काजाम समेत गरेका थिए। जिल्ला सभापति अर्बिन्द मण्डलले नेता यादवलाई अनाहकमा बदनाम गरिएको भन्दै विरोध कार्यक्रम आयोजना गरिएको बताए। यता, सहमहामन्त्री यादवले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै उनका दुवै छोराहरू विकास र आकाश चिकित्सक भई विदेशमा रहेको र मुकेश यादव नामको कुनै छोरा नै नरहेको स्पष्ट पारेका छन्।सनिबार बिहान धनुषाको जनकपुरमा पनि कांग्रेस निकट कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्।