अबदेखि बिरामी जाँच गर्ने बेलामा डाक्टरले आफ्नो विवरण खुलाउनु पर्ने भएको छ । चिकित्सा पेशामा पनि नक्कली चिकित्सकको विगविगी हुने र सिकारु चिकित्सकले पनि विषय विज्ञ चिकित्सककै जिम्मेवारी सम्हालेर बिरामीको स्वास्थ्य परिक्षण गर्दा विभिन्न खाले समस्या तथा गुनासोहरु बढपछी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीहरुको उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरुलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई पत्राचार गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको आवश्यकताअनुसारको रेडियोलोजी, प्रयोगशाला र अन्य परीक्षणमा सिफारिस गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको पूरा नाम, विशेषज्ञता, काउन्सिल दर्ता नम्बर तथा सहि छाप बिरामी रिपोर्टमा खुलाउनुपर्ने उल्लेख गरेकोछ । यो व्यवस्थाले बिवरामीले आफुले कुन चिकित्सकसँग परिक्षण गराएकोछ भन्ने जानकारी पाउँनुका साथै फलोअपमा जान समेत कुन वार, कति बजे जाने भन्ने सहजता ल्याउने र थप गुनासोको समेत सम्बोधन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् ।