April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित

काठमाडौंमा दूतावास, दिल्लीबाट भिसा

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १, २०७९ 0९:४७
काठमाडौंमा दूतावास, दिल्लीबाट भिसा

झापा । विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउनुपर्ने हो तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले काठमाडौंबाट भिसा जारी गर्दैनन् । ती देशको भिसा लिनका लागि कि नेपाली स्वयं त कि उनीहरूका राहदानी (पासपोर्ट)ले दिल्लीको यात्रा तय गर्नुपर्छ । संयोग नै मान्नुपर्छ नेपालीका लागि दिल्ली जान भने भिसा चाहिँदैन ।

कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धि १९६१ र कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि १९६३ अनुसार आफ्नो मुलुकको मात्र नभई दूतावास रहेको मित्रराष्ट्र मुलुकको सहजताका लागि पनि काम गर्नुपर्ने हुन्छ तर असहजता आउने गरी धेरै मुलुकले भारतको दिल्लीस्थित दूतावासबाट नेपालको भिसा जारी गर्ने गरेका हुन् ।

कन्सुलर सेवा विभागका अनुसार नेपाली नागरिकको उच्च प्राथमिकतामा पर्ने प्रमुख पाँच मुलुक अस्ट्रेलिया, बेलायत, डेनमार्क, फ्रान्स र नर्वेका नेपालस्थित आवासीय दूतावासले भारतबाट भिसा जारी गर्छन् । यीबाहेक संयुक्त राज्य अमेरिका, चीन, जापान, जर्मनी, फिनल्यान्डलगायतका २० मुलुकको भने नेपालस्थित दूतावासबाटै भिसा जारी हुन्छ ।

अस्ट्रेलियाले पासपोर्टमा नभई कागजी भिसा जारी गर्दा केही सहज भने छ तर बेलायतलगायत केही देशले भने पासपोर्टमै भिसा जारी गर्छ । भारतबाट भिसा जारी हुँदा सबैभन्दा बढी नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीले मर्का खेप्नुपरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १, २०७९ 0९:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।