May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

आज लक्ष्मीपूजा : धनधान्यकी देवीको पूजा‍-आराधना

  • साझा परिवेश
  • सोमवार, कार्तिक ७, २०७९ 0८:३३
आज लक्ष्मीपूजा : धनधान्यकी देवीको पूजा‍-आराधना

सोमबार साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा–आराधना गरिँदैछ। यो दिनलाई यमपञ्चक अर्थात् तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ।

तिथिका हिसाबले सोमबार कार्तिक कृष्ण चतुर्दशी। यो तिथि दिनभर अर्थात् २७ घडी १५ पला छ। अपराह्न ५ बजेर ४ मिनेटसम्म बजेपछि मात्र औँसी लाग्छ।

पञ्चांग निर्णायक विकास समितिले तिथिको घटबढका कारण कार्तिक कृष्ण चतुर्दशी र औँसीको साँझमा गर्नुपर्ने विधि एकैदिन परेको जनाएको छ। ‘लक्ष्मीपूजा साँझ गर्ने परम्परा छ’, समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले भने, ‘औँसीको सूर्योदय भएका दिन मंगलबार साँझ प्रतिपदा तिथि लागिसक्ने भएकाले सोमबार नै लक्ष्मीपूजा गर्न निर्देश गरिएको हो।’

पुराणमा औँसीको रातमा लक्ष्मीको उत्पत्ति भएको दिनको रूपमा यो  दिन उनको पूजा–आराधना गर्ने विधान रहेको बताइन्छ। सफासुघ्घर र उज्यालो भएका ठाउँमा मात्र लक्ष्मीको प्रवेश हुने मान्यता अनुरूप घरआँगन, कोठाचोटा सफासुग्घर पारी लिपपोत गरिन्छ। यस्तै ढोका र झ्यालमा फूलका माला र मन्दिर तथा नदीमा तोरण टाँग्ने पनि चलन छ।

साँझ भएपछि आँगनदेखि पूजास्थलसम्म लक्ष्मीको पाइला बनाई दीपावली गरिन्छ। दीप–कलश–गणेशको पूजा गरी धनका देवता कुवेरसहित समृद्धिकी देवी लक्ष्मीको पूजा गरिन्छ। महालक्ष्मीलाई प्रसन्न पार्न श्रीसूक्त पाठ गरिन्छ।

यो दिन विधिपूर्वक पूजा गर्नाले लक्ष्मी खुशी भई धन–धान्य प्राप्त हुने, समृद्धि प्राप्त हुने पुराणमा उल्लेख भएको इतिहास पुराणकी ज्ञाता प्रियंवदा काफ्ले बताउँछिन्। ‘कार्तिक कृष्ण औँसी रात्रिलाई सुखरात्रि, दीपमालिका वा दीपोत्सव पनि भनिन्छ’, काफ्ले भन्छिन्।

  • साझा परिवेश
  • सोमवार, कार्तिक ७, २०७९ 0८:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट