sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आज लक्ष्मीपूजा : धनधान्यकी देवीको पूजा‍-आराधना

  • साझा परिवेश
  • सोमवार, कार्तिक ७, २०७९ 0८:३३
आज लक्ष्मीपूजा : धनधान्यकी देवीको पूजा‍-आराधना

सोमबार साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा–आराधना गरिँदैछ। यो दिनलाई यमपञ्चक अर्थात् तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ।

तिथिका हिसाबले सोमबार कार्तिक कृष्ण चतुर्दशी। यो तिथि दिनभर अर्थात् २७ घडी १५ पला छ। अपराह्न ५ बजेर ४ मिनेटसम्म बजेपछि मात्र औँसी लाग्छ।

पञ्चांग निर्णायक विकास समितिले तिथिको घटबढका कारण कार्तिक कृष्ण चतुर्दशी र औँसीको साँझमा गर्नुपर्ने विधि एकैदिन परेको जनाएको छ। ‘लक्ष्मीपूजा साँझ गर्ने परम्परा छ’, समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले भने, ‘औँसीको सूर्योदय भएका दिन मंगलबार साँझ प्रतिपदा तिथि लागिसक्ने भएकाले सोमबार नै लक्ष्मीपूजा गर्न निर्देश गरिएको हो।’

पुराणमा औँसीको रातमा लक्ष्मीको उत्पत्ति भएको दिनको रूपमा यो  दिन उनको पूजा–आराधना गर्ने विधान रहेको बताइन्छ। सफासुघ्घर र उज्यालो भएका ठाउँमा मात्र लक्ष्मीको प्रवेश हुने मान्यता अनुरूप घरआँगन, कोठाचोटा सफासुग्घर पारी लिपपोत गरिन्छ। यस्तै ढोका र झ्यालमा फूलका माला र मन्दिर तथा नदीमा तोरण टाँग्ने पनि चलन छ।

साँझ भएपछि आँगनदेखि पूजास्थलसम्म लक्ष्मीको पाइला बनाई दीपावली गरिन्छ। दीप–कलश–गणेशको पूजा गरी धनका देवता कुवेरसहित समृद्धिकी देवी लक्ष्मीको पूजा गरिन्छ। महालक्ष्मीलाई प्रसन्न पार्न श्रीसूक्त पाठ गरिन्छ।

यो दिन विधिपूर्वक पूजा गर्नाले लक्ष्मी खुशी भई धन–धान्य प्राप्त हुने, समृद्धि प्राप्त हुने पुराणमा उल्लेख भएको इतिहास पुराणकी ज्ञाता प्रियंवदा काफ्ले बताउँछिन्। ‘कार्तिक कृष्ण औँसी रात्रिलाई सुखरात्रि, दीपमालिका वा दीपोत्सव पनि भनिन्छ’, काफ्ले भन्छिन्।

  • साझा परिवेश
  • सोमवार, कार्तिक ७, २०७९ 0८:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid