May 11, 2024 | शनिबार, बैशाख २९, २०८१
सुचनाहरु
गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट

झुण्डिएर मर्छु भन्ने कुरा गरेपछि झुण्डिनलाई मकहाँ आउनु भनेको हो : मन्त्री बस्नेत

  • साझा परिवेश
  • बिहिबार, असार २८, २०८० १३:१८
झुण्डिएर मर्छु भन्ने कुरा गरेपछि झुण्डिनलाई मकहाँ आउनु भनेको हो : मन्त्री बस्नेत
  • मन्त्री मोहनबहादुर बस्नेतले कर्मचारीलाई मेरो कोठामा आएर झुण्डिनु भने 
  • जाँदैजान्नौं, मान्दैमान्दैनौं भनेपछि आफू आक्रामक रुपमा प्रस्तुत हुनुपरेको मन्त्रीको भनाइ 

काठमाडौं ।।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरुवाका पत्र बुझ्न नमान्ने एक कर्मचारीलाई मेरो कोठामा आएर झुण्डिन भनेको बताएका छन् । त्यसपछि ती कर्मचारीले सरुवाको चिठी बुझेर सम्बन्धित अस्पतालमा काम गरिरहेको र अन्य कर्मचारीहरुले पनि सरुवाको चिठी नबुझेको भनेर सुन्न नपरेको मन्त्री बस्नेतको भनाइ छ । आजको राष्ट्रिय सभा बैठकमा मन्त्री बस्नेतले सो कुरा बताएका हुन् ।

कतिपयले सरुवा गरिएको ठाउँमा जाँदैजान्नौं, मान्दैमान्दैनौं भनेपछि आफू आक्रामक रुपमा प्रस्तुत हुनुपरेको मन्त्री बस्नेतले बताए ।पटक पटक जनताको सेवाका लागि सरुवा गरिएको स्थानमा जान भन्दा एकजनाले नजाने, बरु मन्त्रालयमा झुण्डिएर मर्ने भनेपछि आफूले झुण्डिन पठाइदेऊ भनेको उनले बताए । मन्त्री बस्नेतले भने, ‘केही नलागेपछि अन्तिममा आएर झुण्डिएर मर्छु भन्दाखेरि पठाइदेऊ न त मकहाँ झुण्डिन मैले भनेकै हो ।’

त्यसपछि उनले तुरुन्तै चिठी बुझेको र सरुवा गरिएको अस्पतालमा गएर काम गरिरहेको मन्त्री बस्नेतले बताए । ‘यति नगर्या भए जाँदैजाँदैन थिए । अहिले सबै हिँडिराखेका छन् । फटाफट हिँडिराखेका छन् । त्यो बेलादेखि चिठी बुझेन है भन्ने देखिएको छैन,’ उनले भने । उनले डोल्पाको मान्छे काठमाडौं आएर १० वर्ष बसिसकेको र सरुवा गर्दा पनि जान नमानेको उदाहरण दिए ।

 

  • साझा परिवेश
  • बिहिबार, असार २८, २०८० १३:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट