May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

समाज रुपान्तरणको सूचक ‘निरमाया’

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २४, २०७९ १२:५३
समाज रुपान्तरणको सूचक ‘निरमाया’

 

दाङ, ९ कार्तिक ।
समाजमा अझैं पनि बग्रेल्ती समस्या ज्यूँ का त्यूँ छन् । कानुनी रुपमा समाजका कुप्रथालाई तिलाञ्जलि दिइए पनि व्यवहारिक रुपमा भने अझैं सतप्रतिशत तिलाञ्जलि दिन नसकिएको दृष्टान्त हाम्रा सामु घाम जत्तिकै छर्लङ्ग छ । यी समस्या हामीले समाजमा देख्दै आएका छौँ, सिनेमाको रिलमा हेर्दै आएका छौँ, आख्यानका संकथनका पढ्दै आएका छौँ, काव्यका हरफमा लय हाल्दै आएका छौँ । तर, समस्या जस्ताका तस्तै छन् । कानुनमा कुप्रथा अन्त्यका दस्तावेज कोरिए तर कानुन त मान्नेका लागि मात्र न हो, नमान्नेका लागि कानुनका दस्तावेजले पनि कुनै अर्थ राख्न सकेका छैनन् । परिणामतः साहित्यमा यस्ता विषयवस्तु बारबार उठान गरिन्छ ।

यस्तै विषयवस्तु बोकेको चलचित्र ‘निरमाया’ मा दाङका दुई हिरो अनुबन्धित भएर निर्माण कार्य सम्पन्न भई प्रदर्शनको तयारीमा रहेको चलचित्र हो ‘निरमाया’ । चलचित्र निरमायामा लामो समयदेखि कलाक्षेत्रमा सक्रिय रहँदै आएका दाङका अजित लामिछाने र जेबि डिसी नायकका रुपमा रहेका छन् । चलचित्र निरमायाको केही दिन अघि टिजर सार्वजनिक गरिएको छ ।

मदानी मुभिजको प्रस्तुतीमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’ को फर्स्टलुक पोस्टरसहित टिजर सार्वजनिक गरिएको छ । परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बदलिनेछ भन्ने मूल भाव बोकेको चलचित्रले नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतको मुद्दालाई उठाएको छ ।

अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुती रहेको नेपाली सामाजिक चलचित्र ‘निरमाया’को निर्देशन रमेश कोइरालाले गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् । चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य रहेको चलचित्र ‘निरमाया’ ले नेपाली समाजको यथार्थ कथा बोल्नेछ ।

चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जे।एन। घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ ।

रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेको चलचित्रको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् भने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द, कमल अधिकारी, रिमेश कुमारको संगीत रहेको छ । विनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रको छायाँकन सिन्धुली, काभ्रे र रामेछापमा गरिएको हो ।

एक मिनेट ४५ सेकेन्ड लामो टिजरले वर्षौं देखि जरो गाडेको जातिय छुवाछुतको मुद्दालाई उजागार गर्न खोजेको छ । टिजर मदानी मुभिज एण्ड इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

नेपाल सरकारको संविधानमा १७ वर्ष अघि अन्त्यको घोषणा गरिएको जातीय छुवाछुतको वर्तमान अवस्थामा पनि शहर केन्द्रित भएको तर गाउँ गाउँ कुना कन्दरासम्म यसको प्रभाव अझै रही रहेको र यस चलचित्रले उक्त विषय माथि आम जनमानस र नयाँ पिंढीहरुलाइ सकारात्मक संदेश दिई समाज र सोच परिवर्तन गर्न सफल रहने बिस्वाश निर्माण टिमको रहेको छ । निर्माण टिमले यस चलचित्रलाई नेपाल सरकारको सहयोगमा देशभर विभिन्न शोजहरु गरि जना चेतना जगाउने लक्ष्य लिएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २४, २०७९ १२:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।