April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

‘मलाई विरोधीहरुले ढुंगा हान्नु भयो भयो म त्यो ढुंगा बटुलेर जनताको घर बनाउँछु´शर्मा

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २९, २०७९ १५:३८
‘मलाई विरोधीहरुले ढुंगा हान्नु भयो भयो म त्यो ढुंगा बटुलेर जनताको घर बनाउँछु´शर्मा

बाहनडाँगी, कार्तिक २९ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बर्षौंदेखि आफ्ैले बसोबास गरेको जग्गाको धनीपुर्जा नभएर सुकुम्बासीको जीवन बिताइरहेकाहरुले धनीपुर्जा पाउने भए पछि एमालेले आपत्ती जनाएको बताउनु भयो ।

झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार समेत रहनु भएका शर्माले आज बाहुनडाँगीको बौद्धमोडमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै अब्यवस्थीत बसोबास गरिरहनु भएका सबैलाई जग्गाको धनीपुर्जा वितरण गर्ने कार्यमा आफुले पहल गरिरहेको र सबैले धनीपुर्जा पाउने अवस्था बनेको बेला नेकपा एमालेले बक्तव्य नै निकालेर त्यसको बिरोध गर्नु दुःखको कुरा भएको बताउनु भयो ।

‘सुकुम्बासीहरुलाई धनीपुर्जा वितरण गर्ने कुराको पहल मैले धेरै पहिलादेखी नै गर्दै आएको छु,’ शर्माले भन्नुभयो, ‘तर एमाले साथीहरुलाई त्यो कुरा मन परेनछ, वहाँहरुले बक्तब्य नै निकालेर धनीपुर्जा पाउने कुराको बिरोध गर्नु भएछ ।’ सुकुम्बासी समस्यालाई चुनावका बेला मात्रै नारा बनाउने चुनाव पछि भने संधै बिर्सिने गरेकाले नै समस्या समाधान नभएकाले आफुले चुनाव हारेका बेला पनि निरन्तर समस्या समाधान गर्ने काममा लागेको शर्माले बताउनु भयो ।

वहाँले भन्नुभयो, ‘अब सुकुम्बासी समस्या संधैका लागि समाधान गर्नका लागि जग्गा धनीपुर्जा वितरण कार्य शुरु भएको र त्यसमा मैले बिषेश पहल गरिरहेको छु ।’ आफ्नै पहलमा बुद्धशान्तिको वडा नं. ४ र अन्य वडाहरुको सुकुम्बासीहरुले धनीपुर्जा पाउने अवस्था बनेको शर्माले बताउनु भयो । झापा क्षेत्र नं १ को आर्शिवाद दियो भने आगामी दिनमा यही क्षेत्रले प्रधानमन्त्री पाउने उम्मेद्वार शर्माले बताउनु भयो ।

अरुले गाली गरेभन्दैमा आफुले अरुलाई गाली नगर्ने शर्माले बताउनु भयो । ‘मलाई विरोधीहरुले ढुंगा हान्नु भयो भयो म त्यो ढुंगा बटुलेर राख्छु र जनताको घर बनाउँछु,’ शर्माले भन्नुभयो, ‘विपक्षी दलहरुले टिप्पणी गरेकै कारण आफुले गरेको कामका बारेमा सबैलाई सुनाउन पाएको छु ।’

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २९, २०७९ १५:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट