April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

रोमानिया पुगेका झापाका बिकास माथि बोतल प्रहार ! दोसी लामा फरार,बिकास कोमामा,परिवारको रुवाबाँसी

  • साझा परिवेश
  • सोमवार, मंसिर १९, २०७९ १९:५९
रोमानिया पुगेका झापाका बिकास माथि बोतल प्रहार ! दोसी लामा फरार,बिकास कोमामा,परिवारको रुवाबाँसी


खगेन्द्र घिमिरे काठमाडौ ।।

वैदेशिक रोजगारीका लागि सुनौलो सपना देखेर रोमानिया गएका झापाका बिकास तिम्सिना केहीँ युवाबाट कुटपिटमा परेपछि यति बेला जिवनको त्यो घडी कोमामा बिताइरहेका छन ।
भद्रपुरका विकाश तिम्सिना ग्लोबल म्यानपावर सामाखुसी काठमाडौँबाट २०७९ जेठ २ गते विकाश रोमानियाका लागी उडेका थिए। नेपाली करिब ७ लाख रूपैयाँ खर्चिएर होटेलमा पिज्जा बनाउने काममा उनी रोमानिया गएको उनका बुबा कुमार तिम्सिनाले बताए ।
झापा । वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका झापा भद्रपुरका विकाश तिम्सिना कुटपिटबाट गम्भीर घाइते भई कोमा (अचेत अवस्था)मा त्यहाँ उपचाररत छन्।
भद्रपुर नगरपालिका– ८ स्थित फूलबारी टोल निवासी २६ वर्षीय विकाश रोमानियाको टिमिसोराआ हस्पिटलमा १८ दिनदेखि अचेत अवस्था उपचाररत रहेका छन्। कार्तिक ३० गते करिब राति १० बजेको समयमा विकाशलाई ६ देखि ७ जना नेपाली युवाहरूले बाटामा छेकेर निर्घात रूपमा कुटपिट गरेका थिए।
उनीहरूले छोराको टाउकोमा बोतल प्रहार गरी गम्भीर घाइते बनाएको भनी खबर आएको उनका बुबा कुमार तिम्सिनाले बताए। ‘छोरालाई कोमा राखेर उपचार भइरहेको भनी परिवारलाई थाहा नै थिएन,’ बुबा तिम्सिनाले भने, ‘चार दिनअघि मात्र विकाशसँगै त्यहाँ बस्दै आएका साथीले फोन गरेर घटना सुनायो। घटना सुन्ने बित्तिकै हामी मुर्छा प¥यौं।’
कात्तिक ३० गते राति सम्म कुरा भएको छोरा केही दिन सम्पर्कमा नआएपछि खोज्दै जादा मेनपावरबाट तपाइको छोरा कोमामा रहेको भन्ने कल आउँला आफुहरु छागाबाट खसेको उनले बताए ।
आफ्नो छोरा फर्किएर आउँने कुरामा ठुलो आसा बोकेर बसेको बुबा गहँभरी आसु बनाउँदै बताउँछन । आफुहरुले छोराको अवस्था कसैले देख्न नपाएको हुँदा यस तर्फ सरकारी निकाय, राजदूतावास ,मेनपावरले चासो देखाइदिन माग गरेका छन ।
छोरा बिकासका कोहीँ साथीहरुले देख्न समेत नपाउँदा आफुहरु हरेक समय पिडामा रहेको गुनासो पोखे । वैदेशिक रोजगारीका लागि पुगेका नेपाली युवाहरुलाई समस्या पर्दा गुहार माग्ने निकाय नहुनु राजदूतावासले परिवार सँग कुनै समन्वय नगर्दा आफ्नो छोराले जस्तै अरुले समेत पिडा भोग्नु परेको बिकासका बुबा बताउँछन ।
हरेक दिन जसो कुराकानीमा आमा चिन्ता नलिनुस भन्ने छोरा कहिँले फर्किएर आउँछ कुन अवस्थामा छ कस्तो अवस्थामा आउँछ भन्ने पिडामा रहेको आमा उमा तिम्सिना बताउँनुहुन्छ । गहँभरी आसु बनाउँदै उनको जिवन बचाइदिन र दोसीलाइ कारवार्हीको माग गरेकि छिन ।
विकाशलाई नेपाली युवाहरू नै किन र के कारणले कुटपिट गरेको भनी उनको साथीले पनि घटना खुलाएर भन्न नसकेको उनको भनाइ छ। घरको जेठो छोरा विकास पढाइ पूरा गरी ६ महिनाअघि मात्र रोमानिया गएको थियो। अहिले छोराको स्वास्थ्य अवस्था कस्तो छ, कुन हालतमा छ। त्यहाँ गएर बुझ्ने हामीसँग सामर्थ्य पनि छैन।
बिकासलाइ कुट्ने नेपालकै डिबी लामा भन्ने काभ्रे जिल्लाका युवाले कुटपिट गरेपछि फरार रहेका छन । प्रहरीले अनुसन्धानका लागि भनेर पक्राउ गरेपनि तत्कालै छोडेपछि उनी फरार रहेको अर्का नेपाली श्रमिक ले बताए । परिवार सँगै त्यही बस्दै आएका ति लामा सँगै अन्य आक्रमण गर्न अन्य पनि रहेको स्रोत बताउँछ ।
‘सरकारको पहलमा रोमानियास्थित नेपाली राजदूतावासले सहजीकरण गरिदिए कम्तीमा घटनाको सत्य तथ्य बाहिर सक्थियो । यस बिषयमा तत्काल पहल सुरु गरियोस् ।

  • साझा परिवेश
  • सोमवार, मंसिर १९, २०७९ १९:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।