sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इनरुवाकी निकिताको शङ्कास्पद मृत्यु, दाइजोको निहुँमा श्रीमानले हत्या गरेको माइती पक्षको दाबी

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० ११:४८
इनरुवाकी निकिताको शङ्कास्पद मृत्यु, दाइजोको निहुँमा श्रीमानले हत्या गरेको माइती पक्षको दाबी

दाइजो नल्याएको निहुमा विराटनगर माइती भएकी की २३ वर्षीय निकिता चौधरीको श्रीमानले हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । इनरुवा नगरपालिकाका– ३ घर भएकी निकिताको श्रीमान नगेन्द्र भगतले हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् ।

माइती पक्षले दाइजोको निहुँमा पटक पटक चौधरी माथि कुटपिट हुने गरेको भन्दै दोषीलाई कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय सुनसरी अगाडि प्रदर्शन गर्दै आएका छन् ।

शनिवार राती चौधरीको मृत्यु भएको थियो । बाथरुममा झुन्डिएको भन्दै निकितालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा लगिएको थियो ।

अस्पतालले उपचार हुन नसक्ने भन्दै रेफर गरेपछि थप उपचारका लागि विराट टिचिङ हस्पिटल ल्याउने क्रममा चौधरीको निधन भएको थियो । चौधरीको मृत्युको विषयमा भगत परिवारले फरक फरक कुरा बताउँदै आएको भाइ राकेश चौधरीले बताए ।

उनका अनुसार भगत परिवारले कहिले बाथरुममा चिप्लिएको, कहिले आत्महत्या गरेको बताउने गरिएको छ । दाइजोको निहुँमा उनकै श्रीमानले हत्या गरेको आरोप माइती पक्षको छ ।

शनिवार राती करिब साढे ९ बजेतिर निकिताले श्रीमान् र परिवारसँग झगडा भइरहेको माइतीमा आमालाई फोन गरेर जानकारी गराएकी थिइन् ।

त्यसको आधा घण्टापछि निकिताले झुन्डिएर आत्महत्या गरेको नगेन्द्रकी भान्जीले निकीताका भाइलाई खबर गरेकी थिइन् । त्यसपछि निकिताकी जेठानीले बाथरुममा चिप्लिएर सख्त घाइते भएको भन्दै जिल्ला अस्पतालमा आउन आग्रह गरेको माइती पक्षले दाबी गरेको छ ।

दाइजोको विषयमा झगडा परिरहेको बताएको केही क्षणमा निकिताको मृत्युको कारण विरोधाभासपूर्ण तरीकारले जानकारी गराइएको माइती पक्षले दाबी गर्दै आएका छन् ।

निकीताका भाइ राकेश चौधरीले नागेन्द्रले दिदी निकितामाथि धारिलो हतियार प्रहार गर्नुका साथै घाँटी थिचेर हत्या गरेको आरोप लगाए । निकिताले तिजमा लगाउन चार हजार रुपैयाँको सारी किनिदिन नागेन्द्रसँग आग्रह गरेको गरेपछि विवाद भएको माइती पक्षले दाबी गरेको छ ।

शनिवार साँझ आमासँग श्रीमान् नागेन्द्रलाई सारी किनिदिन आग्रह गरेको र नागेन्द्रले सारी किनिदिनु परे नाम मेटाइदिने भन्दै धम्की दिएको कुरा सुनाएकी थिइन् । नागेन्द्रले आफ्नी छोरीलाई माइतीबाट थप दाइजो ल्याउन दबाब दिँदै कुटपिट गरी हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् ।

नगेन्द्रका दाजु गोपी भगतले भने परिवारमा कुनै झै झगडा नभएको दाबी गरेका छन् । उनले नगेन्द्रले निकितालाई तीजको सारी किनिदिएको तर सारी किनिदिएपछि तिम्रो बुबाले किन सारी नकिनिदिएको भन्दै जिस्काएको दाबी गरे । यही विषयमा दुवैबी झगडा भएको भगतले बताए ।

माइती पक्षले निकिताको दाइजोको निहुँमा हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा नागेन्द्र विरुद्ध जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा नागेन्द्रलाई आइतबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

निकितासँग दोस्रो विवाह गरेका नागेन्द्रलाई दाइजो स्वरूप माइती पक्षले २५ लाख नगद, १० तोला सुन र ८० तोला चाँदी दिएका थिए ।

निकिता र नागेन्द्रबीच २१ महिनाअघि मागी विवाह भएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० ११:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid