October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

इनरुवाकी निकिताको शङ्कास्पद मृत्यु, दाइजोको निहुँमा श्रीमानले हत्या गरेको माइती पक्षको दाबी

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० ११:४८
इनरुवाकी निकिताको शङ्कास्पद मृत्यु, दाइजोको निहुँमा श्रीमानले हत्या गरेको माइती पक्षको दाबी

दाइजो नल्याएको निहुमा विराटनगर माइती भएकी की २३ वर्षीय निकिता चौधरीको श्रीमानले हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । इनरुवा नगरपालिकाका– ३ घर भएकी निकिताको श्रीमान नगेन्द्र भगतले हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् ।

माइती पक्षले दाइजोको निहुँमा पटक पटक चौधरी माथि कुटपिट हुने गरेको भन्दै दोषीलाई कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय सुनसरी अगाडि प्रदर्शन गर्दै आएका छन् ।

शनिवार राती चौधरीको मृत्यु भएको थियो । बाथरुममा झुन्डिएको भन्दै निकितालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा लगिएको थियो ।

अस्पतालले उपचार हुन नसक्ने भन्दै रेफर गरेपछि थप उपचारका लागि विराट टिचिङ हस्पिटल ल्याउने क्रममा चौधरीको निधन भएको थियो । चौधरीको मृत्युको विषयमा भगत परिवारले फरक फरक कुरा बताउँदै आएको भाइ राकेश चौधरीले बताए ।

उनका अनुसार भगत परिवारले कहिले बाथरुममा चिप्लिएको, कहिले आत्महत्या गरेको बताउने गरिएको छ । दाइजोको निहुँमा उनकै श्रीमानले हत्या गरेको आरोप माइती पक्षको छ ।

शनिवार राती करिब साढे ९ बजेतिर निकिताले श्रीमान् र परिवारसँग झगडा भइरहेको माइतीमा आमालाई फोन गरेर जानकारी गराएकी थिइन् ।

त्यसको आधा घण्टापछि निकिताले झुन्डिएर आत्महत्या गरेको नगेन्द्रकी भान्जीले निकीताका भाइलाई खबर गरेकी थिइन् । त्यसपछि निकिताकी जेठानीले बाथरुममा चिप्लिएर सख्त घाइते भएको भन्दै जिल्ला अस्पतालमा आउन आग्रह गरेको माइती पक्षले दाबी गरेको छ ।

दाइजोको विषयमा झगडा परिरहेको बताएको केही क्षणमा निकिताको मृत्युको कारण विरोधाभासपूर्ण तरीकारले जानकारी गराइएको माइती पक्षले दाबी गर्दै आएका छन् ।

निकीताका भाइ राकेश चौधरीले नागेन्द्रले दिदी निकितामाथि धारिलो हतियार प्रहार गर्नुका साथै घाँटी थिचेर हत्या गरेको आरोप लगाए । निकिताले तिजमा लगाउन चार हजार रुपैयाँको सारी किनिदिन नागेन्द्रसँग आग्रह गरेको गरेपछि विवाद भएको माइती पक्षले दाबी गरेको छ ।

शनिवार साँझ आमासँग श्रीमान् नागेन्द्रलाई सारी किनिदिन आग्रह गरेको र नागेन्द्रले सारी किनिदिनु परे नाम मेटाइदिने भन्दै धम्की दिएको कुरा सुनाएकी थिइन् । नागेन्द्रले आफ्नी छोरीलाई माइतीबाट थप दाइजो ल्याउन दबाब दिँदै कुटपिट गरी हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् ।

नगेन्द्रका दाजु गोपी भगतले भने परिवारमा कुनै झै झगडा नभएको दाबी गरेका छन् । उनले नगेन्द्रले निकितालाई तीजको सारी किनिदिएको तर सारी किनिदिएपछि तिम्रो बुबाले किन सारी नकिनिदिएको भन्दै जिस्काएको दाबी गरे । यही विषयमा दुवैबी झगडा भएको भगतले बताए ।

माइती पक्षले निकिताको दाइजोको निहुँमा हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा नागेन्द्र विरुद्ध जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा नागेन्द्रलाई आइतबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

निकितासँग दोस्रो विवाह गरेका नागेन्द्रलाई दाइजो स्वरूप माइती पक्षले २५ लाख नगद, १० तोला सुन र ८० तोला चाँदी दिएका थिए ।

निकिता र नागेन्द्रबीच २१ महिनाअघि मागी विवाह भएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० ११:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट