खगेन्द्र घिमिरे
काठमाडौं ।। यि आमा उमेरले ७० पुगिन एका तर्फ कान सुन्दिनन् । सडक पेटिमा बसेर दुइ छाक खान दुख गर्न थालेको ७ वर्ष भएछ । श्रीमान धेरै अघि खसेपछि सिन्धुपाल्चोकमै बस्दै आएकी माइली पराजुली बताउँने आमा २०७२ सालको भुकम्प पछि घरवारबिहिन भइन् । आफ्ना छोरा बुहारी काठमाडौमै बस्दै आएका थिए । एक्लो जिन्दगी सिन्धुपाल्चोमा झण्डै भुकम्पले लगेको उनी बताउँछिन् । भागेर बाच्न सफल भएपछि आफु काठमाडौ आएको उनको भनाइ छ । यहाँ छोरा बुहारी सँगै बस्दै आएपनि आफ्नो लागि आफै गर्नुपर्छ भन्ने सोचले सडकको पेटिमा एउटा नाङ्गलोमा मधु,चुरोट, बेच्दै आएको ७ वर्ष भएको उनी बताउँछिन् ।
यो समय सम्म आइपुग्दा आफुले दैनिक जसो दिनमा १ हजार जतिको बिक्री गर्दै आएको र सो वापत दिनमा ५ सय बचाउँने गरेको उनको भनाइ छ । उनी भन्छिनर्् आजको दिन सम्म यहीँ सडकको पेटिमा बसेर कमाएको पैसाले २ छाक टार्र्दै आएको थिए आज भोलि काठमाडौका सडक पेटि हटाउँन थालृपछि अव भने गरिवका दिन झन संकटमा आउँने उनको गुनासो छ । हुनेले त जे गरेर पनि खान्छन् हामी गरिव दुखीका लागि कुनै सरकारले केहीँ गर्न सकेन ,अव यस्तै हो भने भोक भोकै मर्नु पर्ने दिन नआउँला भन्न सकिन्न ।’
सडकपेटी कब्जा गर्ने फुटपाथका पसलमाथि महानगरले धावा बोल्ने गरेका पनि स्थानीयको आरोप छ । शहरको मुख्य बजारका सडक पेटीहरु फुटपाथ व्यापारीको कब्जामा छ । उनीहरु हिँडडुल गर्न नै अप्ठ्यारो हुने गरी सामान फिँजाएर बस्छन् र सार्वसाधारण भने सवारी साधनबाट जोगिँदै हिड्नु पर्ने बाध्यता पनि उस्तै छ ।
महानगर प्रहरीले बेला बेला सामान उठाएर लैजान्छ । तर, फुटपाथ अझै धेरै व्यापारीकै कब्जामा छ । विना सम्झौता चलेका यस्ता पसलले महानगरलाई आम्दानी त दिएको छैन नै, यात्रुलाई सास्तीसँग शहरी सौन्दर्यता बिगारेको छ ।सरकारले फुटपाथ हटाउन प्रयास पनि बेला बेला गर्दै आएको छ । तर, ब्यापारीहरुको आन्दोलन र त्यसमा हुने राजनीतिका कारण सरकार पछि हट्दै आएको छ ।