May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

प्रदेश-१ को शपथ ग्रहण भोलि, ५ सांसदले मातृभाषामा शपथ लिने

  • साझा परिवेश
  • आइतवार, पुस १०, २०७९ २0:४५
प्रदेश-१ को शपथ ग्रहण भोलि, ५ सांसदले मातृभाषामा शपथ लिने

प्रदेश-१ का पाँच जना प्रदेशसभा सदस्यले मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन् ।

प्रदेश १ का प्रदेशसभा सदस्यहरुले सोमबार दिउँसो साढे १ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । ९३ मध्ये पाँच जना प्रदेशसभा सदस्यले आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने भएका हुन् ।

प्रदेशसभा सचिवालयका अनुसार पाँचथर १ (१) बाट दोस्रो पटक निर्वाचित माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो, इलाम १ (१) बाट निर्वाचित खिनु लङ्वा लिम्बु, नेकपा (एकीकृत समाजवादी)का पाँचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले याक्थुङ(लिम्बू) भाषामा शपथ लिनेछन् ।

प्रदेशसभा सचिवालयले मातृभाषामा शपथ लिने सांसदलाई तीन दिन अगाडि नै विवरण उपलब्ध गराउन आग्रह गरेको थियो । जसमा पाँच जनाले मातृभाषामा शपथग्रहण गर्ने जानकारी गराएका थिए ।

प्रदेश प्रमुख पर्शुराम खापुङले ज्येष्ठ सदस्य गयानन्द मण्डललाई सोमबार दिउँसो साढे १२ बजे शपथग्रहण गराउनेछन् ।

मण्डलले साढे १ बजे प्रदेशसभा भवनमा अन्य सदस्यलाई शपथ गराउनेछन् । शपथग्रहणका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, पुस १०, २०७९ २0:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।