May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

राष्ट्रपति र प्रधानमन्त्री दुवै दावी गर्दा कांग्रेसले सबै गुमायो

  • साझा परिवेश
  • सोमवार, पुस ११, २०७९ 0८:४४
राष्ट्रपति र प्रधानमन्त्री दुवै दावी गर्दा कांग्रेसले सबै गुमायो

राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा आफ्नो दाबी नछोडेपछि नेपाली कांग्रेस सङ्घ र सातै प्रदेशमा प्रतिपक्षमा पुगेको छ। पाँचदलीय गठबन्धन निर्माण भएपछि सङ्घीय सरकारसँगै प्रदेशमा पनि सरकार गठन गर्न सफल भएको कांग्रेस अब संसद्को प्रतिपक्षी दल बन्ने भएको हो।

संसद्को पहिलो दल कांग्रेसले नयाँ सरकार गठनका क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदमा दाबी नछोडेपछि सत्ताबाट प्रतिपक्षमा पुगेको छ। यससँगै कांग्रेसले सङ्घ र प्रदेशका दुई दर्जनभन्दा बढी महत्त्वपूर्ण पद गुमाएको छ।

प्रतिनिधि सभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी २७५ सदस्य रहेकोमा कांग्रेसले प्रत्यक्षमा ५७ सहित ८९ सिट जितेको थियो। कांग्रेससँगै नेकपा (एकीकृत समाजवादी) पनि अर्को निर्णय नगरेसम्म प्रतिपक्षमै हुनेछ। चार सिटसहित लोकतान्त्रिक समाजवादी पार्टी पनि प्रतिपक्षमा बस्नेछ। एक सिट रहेको राष्ट्रिय जनमोर्चाले सरकारलाई समर्थन गर्ने–नगर्ने निर्णय गरेको छैन। त्यस्तै एक सिट रहेको नेपाल मजदुर किसान पार्टी पनि प्रतिपक्षमै रहने छ। पाँच जना स्वतन्त्र सांसदमध्ये दुई जनाले सरकारलाई समर्थन गर्ने–नगर्ने विषयमा निर्णय सार्वजनिक गरेका छैनन्।

सङ्घमा माओवादी-एमालेसहितका राजनीतिक दलहरूबीच नयाँ गठबन्धन बनेपछि कांग्रेसले सातै प्रदेशमा सरकार गठन गर्ने मौका गुमाएको छ। प्रदेश एक र मधेशमा अन्य दललाई पनि साथ लिएर मात्रै सरकार गठन गर्नसक्ने अङ्कगणितमा रहेको कांग्रेसले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि सरकार गठन गर्न सक्ने छैन।

यी पाँच प्रदेशमा माओवादीबिना कांग्रेस वा एमालेले एक्लै सरकार गठन गर्न सक्दैनन्। चुनावी गठबन्धनमा १० वर्षसम्म गठबन्धनलाई अघि लैजाने घोषणा गरेका सभापति देउवाले सरकारको नेतृत्वमा दाबी नछोड्दा राष्ट्रपति पद, सरकारमा सहभागिता, संसद्को नेतृत्व र प्रदेश सरकार गुमाउन पुगेका हुन् ।

  • साझा परिवेश
  • सोमवार, पुस ११, २०७९ 0८:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।